बुढीगण्डकी आयोजनाको कार्यालय तोडफोडः दर्जनौँ राउण्ड अश्रुग्यास प्रहार

गोरखाः मुआब्जा सम्बन्धी विवाद बढ्दै जाँदा स्थानीयवासीले बिहीबार बुढीगण्डकी जलविद्युत आयोजनाको कार्यालय तोडफोड गरेका छन् ।

budigandaki-gorkha
घ्याल्चोक र आसपासका गाविसबाट सयौँको संख्यामा जम्मा भएका स्थानीयवासीले घ्याल्चोक ९ सिउरेनीटारमा रहेको आयोजनाको कार्यालय तोडफोड गरेका हुन् ।प्रहरी र कार्यालय तोडफोडमा संलग्न प्रदर्शनकारीबीचको झडपमा एक प्रहरी घाइते भएका छन् । कार्यालय तोडफोडमा संलग्न नौ जना सर्वसाधारणलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्वसाधारणले सुरुमा कार्यालयमा तालाबन्दी गरेका थिए । ताला खोल्ने विषयमा विवाद चर्कदै गएपछि आक्रोशित स्थानीयवासी कार्यालयको झ्याल र ढोका तोडफोड गर्दै भित्र छिरेका हुन् । स्थानीयवासीले कार्यालय तोडफोड गरेपछि सयौंको संख्यामा प्रहरी परिचालन गरिएको थियो ।स्थिति नियन्त्रणमा लिन प्रहरीले ३४ राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको थियो । डिएसपी वीरेन्द्र थापाको नेतृत्वको प्रहरी टोलीले अहिले कार्यालयको सुरक्षा दिएको छ । कार्यालयबाट लखेटिएका सर्वसाधारणलेपृथ्वीराजमार्गको बेनीघाट सडक खण्ड अवरुद्ध गरेका थिए ।बुढीगण्डकी आयोजनाको प्रभावित क्षेत्रमा गोरखाका १४ र धादिङ १३ गाविस पर्छन् । मुआब्जाको विषयमा लामो समयदेखिको विवाद मिल्न सकेको छैन ।


Facebook Comment


No ads found for this position