चितवनमा पर्यटक उल्लेखनीय वृद्धि

१७ मंसिर, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । निकुञ्जका कार्यालयका अनुसार, गत आर्थिक बर्षको पहिलो चार महिनाको तुलनामा यस वर्षको सोहि अबधिमा दोब्बरभन्दा बढीले पर्यटक सङ्ख्यामा वृद्धि भएको हो ।

Chitwan.National.Park.original.2800गत आर्थिक बर्षको पहिलो चार महिनामा १८ हजार १३८ जना पर्यटक निकुञ्ज भित्रिएका थिए भने चालु आर्थिक बर्षको सोहि अबधिमा ३८ हजार ६०४ जना पर्यटक भित्रिएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए।

उनका अनुसार यस वर्षको कात्तिक महिनामा मात्रै १६ हजार २८६ पर्यटकले निकुञ्ज घुमेका थिए । जसमध्ये नेपाली चार हजार २७६, सार्कका एक हजार २८९ र अन्य मुलुकका १० हजार ७२१ छन् । यस्तै असोजमा १० हजार २५४, भदौमा छ हजार ३३ र साउनमा छ हजार ३१ जनाले निकुञ्ज घुमेका थिए ।

पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै राजस्वमा समेत वृद्धि भएको छ । चालु आवको चार महिनामा रु छ करोड ११ लाख छ हजार ४६० राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रु दुई करोड ४९ लाख ३४ हजार मात्रै राजस्व सङ्कलन भएको थियो ।

यस वर्षको कात्तिक महिनामा मात्र रु दुई करोड ३५ लाख ७९ हजार ४४ राजस्व सङ्कलन भएको छ । जुन गत आवको चार महिनाको राजस्व बराबर हुन आउँछ ।

त्यसैगरी यस अवको असोजमा रु एक करोड ५० लाख ४२ हजार ५२८, भदौमा रु ९६ लाख ५२ हजार ५३ र साउन महिनामा रु एक करोड २८ लाख ३२ हजार ८३४ राजस्व सङ्कलन भएको निकुञ्जले जनाएको छ ।

पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै पर्यटन व्यवसायमासमेत सुधार हुँदै आएको छ ।  दुर्लभ एकसिङ्गे गैँडा र पाटेबाघ हेर्न, हात्ती सफारी, जिप सफारी, चरा अवलोकन र राप्ती किनारको मनोरम दृश्यावलोकनका लागि पर्यटक यहाँ आउने गरेका छन् ।


Facebook Comment


No ads found for this position