पुजारीसहित २३ जना प्रहरी नियन्त्रणमा

जुम्ला-चन्दननाथ मन्दिरमा भएको मूर्ति चोरी सम्बन्धमा पुजारीसहित २३ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ। मंसिर ११ गते राति मन्दिरमा खटिएका प्रहरीले मूर्ति चोरिएको जानकारी गराएपछि प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेसहितको टोली घटनास्थल पुगेको थियो। आफू पुग्दा पुजारी चन्द्र मौलेश्वर गिरीले घटनास्थलमा लिपपोत गरी पूजापाठ गरिसकेको काफ्लेको भनाइ छ।

पुजारीसहित २३ जना प्रहरी नियन्त्रणमा
पुजारीसहित २३ जना प्रहरी नियन्त्रणमा

लाग्थ्यो, मन्दिरमा चोरी भएकै छैन,ु काफ्ले भन्छन्, ुउल्टै खुसी भएजस्तो भान हुन्थ्यो। उनी आफूले नियमित रूपमा गर्दै आएको पूजापाठ सिध्याएको जिकिर गर्दै थिए।ु

मूर्ति चोरिएकोबारे दुई–तीनपटक सोधेपछि मात्रै पुजारीले मुख खोलेको काफ्ले बताउँछन्। मन्दिरको बाहिरपट्टिको ढोका फोडिएको भए पनि बहुमूल्य मूर्ति भएको ढोका केही नभएको काफ्लेको भनाइ छ। ुपुजारीले किन मन्दिरको ढोका खुलै राखे भन्नेबारे अनुसन्धान भइरहेको छ,ु उनले भने।

मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी माधव नेपाल गम्भीर अनुसन्धानमा लागेको बताउँछन्। ुअनुसन्धान घटनाको नजिक पुगिसकेको छ। छिटोभन्दा छिटो मूर्ति र चोर ल्याएर पत्रकार सम्मेलनमार्फत जानकारी गराउँछौँ,ु उनले भने।

एआइजी विज्ञानराज शर्माको नेतृत्वमा सिआइबीको टोली जुम्ला पुगेर अनुसन्धान थालेको छ। सिआइबीका डीएसपी अरुण पौडेल र मध्यपश्चिम क्षेत्रीय प्रहरीका अपराध अनुसन्धानमा सक्रिय इन्सपेक्टर वीरबहादुर थापासहितको टोली अनुसन्धानमा छ।

क्षेत्रीय अनुसन्धान समूह पनि अनुसन्धानमा सहभागी रहेको डिआइजी नेपाल बताउँछन्। सिआइबीको टोलीलाई अनुसन्धानका लागि जुम्ला छाडेर एआइजी शर्मा र डिआइजी नेपाल फर्किसकेका छन्।चन्दननाथ गुठी समिति अध्यक्ष गौरी नन्द आचार्य पुजारीले प्रहरीलाई समेत मुछ्न खोजेको संकेत देखिएको बताउँछन्।

उनले भने, ुप्रहरी नायब उपरीक्षक काफ्ले र पुजारी चन्द्र मौलेश्वर गिरीको बयान मिलेको छैन। काफ्ले भन्छन्– पानीले सबै प्रमाण नष्ट गरिसकेर पूजाआजा भइसकेको थियो। तर, पुजारीले डिएसपीसापले पूजा गर्न लगाएको बयान दिएका छन्।ु

पुजारीको सिरानीमा गर्भनिरोधक

मन्दिरभित्रको ध्वनि कक्षमा रहेको पुजारी गिरीको ओछ्यानबाट प्रहरीले गर्भनिरोधकका साधन फेला पारेको छ। पुजारीको कोठाबाट कन्डोम, यौन उत्तेजना बढाउने ट्याबलेट र यौन सम्बन्ध भएको ७२ घन्टाभित्र सेवन गरे गर्भ नरहने चक्की फेला पारेको काफ्लेले बताए।ुपुजारीको कोठा खानतलासी गर्दा कन्डोम र इकोन फेला परेको छ,ु काफ्लेले भने, ुपुजारीसँग परिवार नियोजनका साधन भेटिनु दुःखद हो।ु

महिला अधिकारकर्मी भगवती श्रेष्ठले पुजारीको कोठामा गर्भनिरोधक सामग्री भेटिएको बताइन। प्रहरी मुचुल्का गर्दा महिला अधिकारकर्मीको तर्फबाट रोहबर बसेकी उनले भनिन्, ुपुजारीकै कोठामा यस्ता प्रकारका सामग्री पाउनु लज्जास्पद हो।ु

पुजारीले अनैतिक रूपमा यौन क्रियाकलाप गर्दै आएको यसअघि नै खुलेको गुठी समिति बताउँछ। समिति अध्यक्ष गौरी नन्द आचार्य भन्छन्, ु०७० साउन ९ गते परस्त्रीसँग अनैतिक सम्बन्ध राख्ने गरेको आरोपमा पुजारी गिरीलाई हटाउन लागिएको थियो। तर उनले १५ दिनभित्र आफूलाई सुधार्ने वाचा गरेका थिए र छाडियो। पुजारीले मन्दिरभित्रको सामग्रीको रेखदेख र संरक्षण गर्ने हो। मन्दिरबाहिर निस्केर अनैतिक सम्बन्ध राख्ने होइन।ु

उनका अनुसार बारम्बार महिलासँग लसपस गरेको, मन्दिरमा चढाएका भेटी हिनामिना गरेको पाइएपछि समितिले कारबाही गर्न खोजेको थियो।चन्दननाथ मन्दिरमा गिरी, पुरी भारती र कुमार केटालाई पुजारी बनाउनुपर्ने परम्परा छ। पुजारी गिरीको हालको घर चन्दननाथ–२ आचार्यबाडा हो। उनको नाम चन्द्रप्रसाद आचार्य भए पनि सन्न्यासीको रुप लिइसकेपछि उनी चन्द्र मौलेश्वर गिरीमा परिवर्तन भएका थिए। श्रीमतीसँगै उनका दुई छोरी, एक छोरा छन्।

स्थानीय सडकमा

आफूहरुको आस्थाको धरोहर चन्दननाथ मन्दिरमा चोरी भएपछि जुम्लावासी सडकमा उत्रिएका छन्। चोरिएका मूर्ति फिर्ता ल्याउन प्रशासनलाई दबाब दिन उनीहरुले १२ मंसिरदेखि प्रदर्शन गरिरहेका छन्। तीव्र अनुसन्धान गरी मूर्ति फिर्ता ल्याउन भन्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयमा धर्ना दिइरहेका छन्। त्यस्तै, जिल्लाभित्रका यातायात बन्द गरेका छन् भने खलंगा बजारमा खुल्न दिएका छैनन्।

मंसिर ११ गते राति चन्दननाथ मन्दिरबाट दत्तात्रयसहित २८ बहुमूल्य मूर्ति चोरी भएका थिए।


Facebook Comment


No ads found for this position