विमानस्थल निर्माणमा दबाब दिन पैदल यात्रा
काठमाडौँ–तराई जोड्ने फाष्टट्रयाक (द्रुतमार्ग) र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई गति दिन माग गर्दै बारा– काठमाडौँ पैदलयात्रा सुरु भएको छ । स्थानीयले शुक्रवारदेखि द्रुतमार्गबाट काठमाडौँसम्मको पैदल यात्रा सुरु गरेका छन् ।
घोषणा गरेपनि निर्माणमा चासो देखाएको भन्दै दबाब दिने उद्देश्यले फाष्टट्रयाक एयरपोर्ट सङ्घर्ष समिति गठन गरेर सङ्घर्षमा उत्रिएका स्थानीयले पैदल यात्रा सुरु गरेका हु्न् । निजगढबाट सुरु भएको पैदल यात्रा तीन दिनमा काठमाडौँ पुगेर प्रधानमन्त्री र पार्टीका विभिन्न नेतालाई भेटी ध्यानाकर्षण गराईने समितिका संयोजक रविराज दंगालले बताए ।
छतिवन, ठिंगन र बुङमती हुँदै काठमाडौँ पुग्ने पैदल यात्रामा पाच महिलासहित ६० जना सहभागी छन् । बिदाइ कार्यक्रममा विभिन्न संघसंस्था र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।
जनताले विकास चाहिरदाँ पनि सरकार र राजनीतिक दल गम्भीर नभएको भन्दै महत्वकांक्षी योजनामा गम्भीर हुन आग्रह गरिने उद्देश्य आफूहरुको रहेको संयोजक दंगाललको भनाई छ ।
मङ्सिर ६ गते सङ्घर्षका कार्यक्रम घोषणा गरेको समितिले यसअघि बारासहित विभिन्न जिल्लामा अभियान सञ्चालन गरेको थियो । अभियानका क्रममा स्थानीयबाट आएको प्रतिक्रिया राज्यसम्म पु¥याउन आवश्यक रहेको दंगालको भनाई छ ।
पैदल यात्रा सुरु गर्नु अघि समितिले विभिन्न जिल्लामा फाष्टट्रयाकका लागि एक रुपैयाँ लगानी गरौँ भन्दै अभियान नै सञ्चालन गरेको थियो । अभियानका क्रममा ५० हजार रुपैयाँ भन्दा बढी रकम सङ्कलन भएको थियो ।
सरकारलाई दबाब दिन अभियानका क्रममा समितिले सुरु गरेको हस्ताक्षर अभियानमा एक लाख बढी हस्ताक्षर सङ्कलन भएको र सो हस्ताक्षर गरिएको कपडा समेत सरकारलाई बुझाउने कार्यक्रम रहेको दंगालले बताए ।
पहिलो चरणको कार्यक्रम अन्तर्गत पैदल यात्रापछि समितिले फाष्टट्रयाक र विमानस्थलको विषयमा तयार पारिएको डकुमेन्ट्री प्रदर्शन गर्ने कार्यक्रम समेत तय गरेको छ । प्रधानमन्त्रीसहित सबै पार्टीका शीर्ष नेताको उपस्थितिमा पुष १९ काठमाडौँमा डकुमेन्ट्री देखाइने संयोजक दंगालले बताए ।
डकुमेन्ट्री प्रदर्शनपछि पुष २० गतेदेखि माघ २१ गतेसम्म दुई नं. प्रदेशका सबै जिल्लामा अन्तक्र्रिया गर्ने र माघ २२ गतेदेखि सय दिने रिले अनसन सुरु गरिने संयोजक दंगालले बताए ।