स्वर्गद्वारीमा आन्तरिक पर्यटक वृद्धि

प्युठानः पवित्र धार्मिक एवं पर्यटकीय स्थल स्वर्गद्वारीमा वर्षेनी आन्तरिक पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ ।

swargadwari-tour

आधारशिविर भिंग्रीबाट स्वर्गद्वारी पुगिने सडकको स्तरोन्नती भएसँगै पर्यटकको आगमनमा वृद्धि भएको हो । विशेष चाडपर्व र मेलामा मात्र आउने पर्यटक सडक सुविधासँगै स्वर्गद्वारी आउन थालेको आ श्रमको दाबी छ ।

‘बाटो नखुल्दासम्म वैशाख पूर्णिमा र गाईतिहार औँशीमा मात्र पर्यटक आउँथे’, आ श्रम व्यवस्थापनका सदस्यसचिव एवं लेखापाल बासुदेव भट्टराइले भने, ‘बाटो खुलेपछि साना गाडी लिएर आउनेको संख्या बढेको छ ।’ जाडो मौसममा पूर्वको झापा, मोरङ, इलामसहित बुटवल, दाङ, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, तनहुँ र काठमाडौंबाट पर्यटक आउने गरेको उनले बताए । ‘गत वर्ष अनुमानित तीन लाख पर्यटक आएका थिए’, भट्टराइले भने, ‘यस वर्ष अझैं बढ्ने अनुमान गरेका छौं ।’

बाटो अप्ठ्यारो भएपछि भिंग्रीबाट स्वर्गद्वारी पुगिने ग्रामीण सडकअन्तर्गतको भिंग्रीकोट नजिक नयाँ ट्रयाक खोलिएको सडक डिभिजन कार्यालय प्युठानका प्रमुख इन्जिनियर सुरेश न्यौपानेले बताए । नयाँ ट्रयाक खुलेपछि सडक सुधार भएको उनले भनाइ छ ।

‘दुई वर्षभित्रै सडक कालोपत्रे गर्ने योजनामा छौं’, उनले भने, ‘चालु आवमै २५ करोडको ठेक्का प्रक्रिया पुरा गर्दैछौं ।’ सडक कालोपत्रे भएपछि स्वर्गद्वारी पुग्ने धार्मिक पर्यटकको संख्यामा उत्साहजनक वृद्धि हुने आशा गरिएको छ ।

swargadwari

स्वर्गद्वारी पुग्ने पर्यटकका लागि ऐतिहासिक मनोरम तलाऊ, पाँच पान्डव, स्वर्ग गएको बाटो, महाप्रभुले तपस्या गरेको गुँफा, १९५२ सालदेखि अनवरत सञ्चालन भइरहेको वेद् पाठशाला, गोवद्र्धन पहाड, आ श्रममा पालिएका गाई, विभिन्न आकृतिका मठमन्दिर, आ श्रम यज्ञशालाको दक्षिण भागमा अवस्थित ठूलो बाँझको बृक्ष महत्वपूर्ण छन् ।

प्युठानको खाल गाविसमा अवस्थित स्वर्गद्वारी समुन्द्री सतहबाट दुई हजार तीन सय मिटरको उचाइमा छ । विश्वका आठ हजार मिटरभन्दा माथिका १४ शिखरमध्ये धौलागिरी, माछापुच्छ्रे र मनास्लुलगायतका हिम श्रृंखला यहाँबाट प्रष्ट देख्न सकिने आ श्रमका सहायक कोठारी बाबुराम न्यौपानेले बताए । यहाँ पुगेर पूँजाआँजा गरेपछि स्वर्गको अनुभूति हुने धेरैको विश्वास छ ।


Facebook Comment


No ads found for this position