चन्दननाथमा थाहै नपाइएका मूर्तिसहित १३ सामान भेटिए

जुम्ला, मंसिर २० – ऐतिहासिक चन्दननाथ मन्दिरमा लगतै नराखिएका मूर्तिसहित विभिन्न देवताका १३ वटा थप सामान भेटिएका छन् । गएको ११ गते चन्दननाथ मन्दिरबाट मूर्ति हराएको घटनापछि मूर्ति तथा पूजाका सामाग्रीको लगत राख्ने क्रममा मन्दिरको नाममा लगतै नभएका १३ सामाग्रीको समेत लगत गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।

चन्दननाथमा थाहै नपाइएका मूर्तिसहित १३ सामान भेटिए

मन्दिरको अभिलेखमा रहेका १ सय ७३ मध्ये २१ वटा हराएका तथा अन्य सबै मूर्तिको अभिलेख गरिएको पण्डितले जनाउनुभयो । मन्दिरको अभिलेखमा अब १ सय ६५ मूर्ति रहेका उहाँले जानकारी दिनुभयो । यसैगरी हराएका मूर्तिको अनुसन्धान प्रक्रिया चलिरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

के के हुन हराएका मूर्ति र सामान

१। बिक्रम सम्बत ६०१ लेखिएको र अरु अक्षर नबुझिने ६ हात भएको स्वर्ण जलप उत्रिँदै गएको ७ ईन्च उचाई भएको सरस्वतीको मूर्ति
२। पद्य आसनमा बसेका दुई हात भएका तामाको खाक्रो १५ दशमलव ५ ईन्च उचाई भएको बुद्ध भगवानको मूर्ति
३। एक हात तल एक हात माथी, पगडि भएको पित्तलको ५ ईन्च उचाइको मूर्ति
४। पछाडि खाक्रो कम्मरदेखि तलको भाग फुटेको आसनी नभएको ११ ईन्च उचाईको तामाको मूर्ति
५। देवीको ४ हात भएको ५ दशमलव ५ उचाईको पितलको जस्तो देखिने मूर्ति
६। दुई हात भएकी दाँया हातमा खडक लिएकी शक्ति आशनमा बसेकी ९ ईन्च उचाई भएको देवीको मूर्ति
७। बालगोपालको पित्तलको मूर्ति हातलमा लड्डु लिएको ८ ईन्च उचाई भएको
८। १०९९ दायाँ र बायाँतर्फ ११०१ लेखिएको चाँदीको सिंहासनमा रहेको मूर्ति
९। गलामा शेषनाग भएको र दुई हात भएको र उचाई ३ ईन्चको मूर्ति
१०। श्री कृष्ण भगवानको २ हातजडित सुनको सानो टिम्को भएको ६ ईन्च उचाई भएको मूर्ति
११। ७ दशमलव ५ ईन्चको वरिपरि चाँदीको फूलजडित मुकुट ४ हात भएका बिष्णुको मूर्ति
१२। बलौटे पित्तले गणेशको ४ हात भएको उचाई ४ दशमलव ५ को मूर्ति
१३। देवीको ८ हात भएको २ दशमलव ५ ईन्च उचाईको मूर्ति
१४। कृष्ण भगवानको ३ ईन्च उचाईको मूर्ति
१५। सुनको सानो डल्लो, सानो १ ईन्च उचाई भएको वरिपरि माला जस्ता टिम्का देखिने सुनको डल्लो
१६। चाँदीको शेषनाग भएको शिरमा सुनको टिम्को ५ वटा फणा भएको चर्तुमुखी विष्णुको अर्धमात्रमा रहेको मूर्ति
१७। सम्बद २१२८ साल लेखिएको चाँदी तोला २० को चाँदीको सिंह ६ वटा खम्बा भएको ८ वटा डण्डी सिंहासनमा चाँदीको शिवलिंगमा दुईवटा पटिक र तामाको शिवलिङका फटिक रहेको वरिपरि रिद्द सिद्द त्रिशुल, बञ्चरो हातमा लिएको गणेशको चाँदीको मूर्ति
१८। पद्य आसनमा बसेको २ हातमा बज्रगुरु समातेको १५ दशमलव ५ ईन्चको मूर्ति
१९। दत्तात्रेय भगवानको ७ धार्नी चाँदीको ६ हात भएको शंख चक्र तामाको पाथी जडित भएको र शिरमा सुनको टोपी भएको दत्तात्रयको मूर्ति
२० दत्तात्रय भगवानको गलामा रुद्राक्ष जडित चाँदीको सिक्री
२१। तामाको त्रिखुट्टी चरण पादुकालाई ढाकेको, माथि सुनको जलप उड्दै गएको त्यसमा चाँदीका भिन्न माला शिरमा झुण्डाएको

 


Facebook Comment


No ads found for this position