संबिधान संशोधन प्रस्ताब कुनै पनि हालतमा फिर्ता नहुने

प्रधानमन्त्री पुष्पकमल दाहालले संबिधान संशोधन प्रस्ताब कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन् ।

संबिधान संशोधन प्रस्ताब कुनै पनि हालतमा फिर्ता नहुने
संबिधान संशोधन प्रस्ताब कुनै पनि हालतमा फिर्ता नहुने

दाङको देउखुरी स्थित सिसहनियाँ–महदेवा जोड्ने राप्ती नदीमाथि निर्माण हुन लागेको पुलको शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले संशोधन प्रस्ताबलाई संसदिय प्रकृयाबाट परिमार्जन गर्न सकिने भएपनि फिर्ता भने नहुने स्पष्ट पारे । सरकारले दर्ता गरेको सिमांकनसहितको संशोधन प्रस्ताव आफूले नभई  एमाले र कांग्रेसले बनाएको दाबी गर्दै आफुले प्रस्ताव मात्र गरेको बताए । दाङलाई अहिले नै आफुले राजधानी घोषणा गर्न नमिल्ने भन्दै प्रधानमन्त्री दाहालले दाङ केन्द्रमै रहने आश्वासनसमेत दिए । संशोधन प्रस्तावमा दाङलाई केन्द्रमै राखिएको बताउँदै उनले आन्दोलन नगर्न आग्रह समेत गरे ।यसैबीच प्रधानमन्त्रीको दाङ भ्रमणलाई लक्षित गर्दै विपक्षी दलहरुले दाङ बन्दको आह्वान गरेका थिए ।
उता, सुदूरपश्चिममहोत्सवको उद्घाटनका लागि कैलालीको धनगढी पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध विपक्षी दल एमाले र राष्ट्रिय जनमोर्चाले बिरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले संविधान संशोधन प्रस्ताव राष्ट्रघाती भन्दै तत्काल फिर्ता लिन मागसमेत गरे । प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गरी उनिहरुले दिउँसो चार बजेसम्मका लागि धनगढी बजार बन्दको आह्वानसमेत गरेका छन् । यसैबीच, प्रहरीले पचास जनाभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।।


Facebook Comment


No ads found for this position