नेपाल टेलिकम र चाइनाबीच सम्झौता, भारतीय एकाधिकार तोडियो

काठमाडौं, मंसिर २२ । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच आइपी सर्भिस सम्बन्धमा सम्झौता भएको छ ।

नेपाल टेलिकम र चाइनाबीच सम्झौता, भारतीय एकाधिकार तोडियो

टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलीय केबुलमार्गबाट जोड्न नेपाललाई आइपी सर्भिस उपलब्ध गराउनेसम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

उक्त सम्झौतापत्रमा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र चाइना टेलिकम ग्लोबल लिमिटेड ९सीटीजी०का कार्यकारी उपाध्यक्ष ओउ यानले मंगलबार हङकङमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर गरेको टेलिकमले जनाएको छ ।चीनसँग स्थलमार्ग हुँदै जोडिएकाले अब सो क्षेत्रबाट पनि अरु देशका सेवा प्रदायकसँग जोडिन सहज हुनेछ ।भारत हुँदै प्रयोग गरिएको रुटबाहेक इन्टरनेसनल कनेक्टिभिटीको लागि यो अर्को महत्वपूर्ण विकल्प रहेको कम्पनीले जनाएको छ ।


Facebook Comment


No ads found for this position