होसियार तपाईं कुनै पनि बेला निकुञ्ज प्रशासन र सुरक्षाकर्मीको फन्दामा पर्न सक्नु हुन्छ ।

घुमफिर,मंसिर २२, २०७३, गलत नियतले लुकिछिपी निकुञ्ज र आरक्ष छिरिरहनु भएको छ भने होसियार तपाईं कुनै पनि बेला निकुञ्ज प्रशासन र सुरक्षाकर्मीको फन्दामा पर्न सक्नु हुन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नेपाली सेनाको वन्यजन्तु निर्देशनालयको प्राविधिक र डब्लुडब्लुएफ नेपालको आर्थिक सहयोग लिएर चितवन निकुञ्जदेखि शुक्लाफाँटा वन्यजन्तु आरक्षसम्मका गतिविधिको निगरानी गर्न गौंडाहरुमा ‘स्मार्ट आई’ जडान गरेको छ ।
सले हरेक ३० सेकेन्डमा ती ठाउँका गतिविधि झल्किने तस्बिर सेनाको भद्रकालीस्थित हेडक्वार्टर, बबरमहलस्थित विभाग र निकुञ्जरआरक्षका प्रधान कार्यालयमा पठाउँछ । ती तस्बिर आवश्यक परे जति बेला पनि हेर्न सकिन्छ ।
‘जुन ठाउँमा हामीले गस्ती गर्न सकेका छैनौं, त्यस्ता नाका र घाटहरुमा उक्त प्रविधि जोडिएको छ,’ सेनाका एक प्राविधिकले कान्तिपुरलाई भने, ‘कसैले नदेख्ने गरी राखिएको त्यो प्रविधिले फोटो खिचेर हामीलाई पठाउँछ ।’ बजारमै उपलब्ध मोबाइल फोन सेटमा सेनाका प्राविधिकले तस्बिर पठाउन सक्ने सफ्टवेयर जडान गरेका हुन्। ‘त्यसरी प्राप्त तस्बिर विश्लेषणका क्रममा शंका लागे तत्कालै क्विक रेस्पोन्स टीम त्यो ठाउँमा पठाइन्छ र पक्राउ गरी कारबाही अघि बढाइन्छ,’ उनले भने, ‘तीन महिने परीक्षणले यो प्रविधि सफल भएको हाम्रो ठहर छ ।’
निकुञ्ज विभागका अनुसार अहिले चितवन निकुञ्जमा १०, बर्दिया र बाँके निकुञ्ज तथा शुक्लाफाँटा वन्यजन्तु आरक्षमा ५र५ स्थानमा उक्त प्रविधि जडान गरिएको छ । सेनाकै ‘रियल टाइम स्मार्ट पेट्रोलिङ’को सफलतापछि विभागले ‘स्मार्ट आइ प्रविधि’ सुरुवात गरेको हो । उक्त प्रविधि जडानमा सुरुदेखि नै सहभागी डब्लुडब्लुएफ नेपालका वाइल्डलाइफ ट्रेड मोनिटरिङ मेनेजर माधव खड्काले ‘सेनाले गस्ती गर्न नसक्ने ठाउँको गतिविधिबारे जानकारी दिन ‘स्मार्ट आइ प्रविधि’ सफल भएको बताए । ‘यसलाई अझै विस्तार गर्दा फाइदा हुन्छ भन्ने हाम्रो निष्कर्ष हो,’ खड्काले भने, ‘यस्ता प्रविधिले वन्यजन्तु संरक्षणमा सहयोग पुर्याएको छ ।’
तीन महिने परीक्षणकालमा उक्त प्रविधिले हजारौं तस्बिर खिचेर सेना, विभाग र निकुञ्जरआरक्षका कार्यालयको सर्भरमा पठाएको छ । ‘धेरैजसो तस्बिर घाँस दाउरा गर्न जाने सर्वसाधारण, गाइवस्तु चराएका र ट्याक्टर ओहोर दोहोर गरेका तस्बिर पनि प्राप्त भएका छन्,’ चितवन निकुञ्जका सुचना अधिकारी नुरेन्द्र अर्यालले भने, ‘शंका लागेकालाई हामीले समातेर सोधपुछ पनि गरेका छौं तर अहिलेसम्म शंकास्पद मान्छे भेटिएका छैनन् ।’ चोरी सिकार नियन्त्रण गर्न यो प्रविधि सहयोगी बनेको उनले बताए ।
तस्बिर खिचेर पठाउने प्रविधिजडित मोबाइल सेटको ब्याकअपका लागि सोलार प्यानल जोडिएको छ । जसका कारण २४ अै घण्टा त्यो सेटले तस्बिर खिचेर पठाउन सम्भव भएको छ । कसैले झ्वाट्ट नदेख्ने गरी बक्सले छोपेर गौंडाहरुमा राखिएको छ । यसअघि सेनाले नै चितवनदेखि शुक्लाफाँटासम्मै ‘रियल टाइम स्मार्ट पेट्रोलिङ’ पनि सुरु गरेको छ भने निकुञ्ज र मध्यवर्ती क्षेत्रको गतिविधि थाहा पाउन विभिन्न स्थानमा स्वचालित क्यामरासमेत जडान गरेको छ ।