प्रधानमन्त्री दहालको पश्चिम दौड

दार्चुला
प्रधानमन्त्री पुष्पकमल दाहाल चमेलिया जलविद्युत आयोजनाको भ्रमण गर्न दार्चुला पुगेका छन ।

प्रधानमन्त्री दहालको पश्चिम दौड.

शिखर गाविसमा निर्माणाधीन ३० मेगावाट चमेलिया जलविद्युत आयोजनाको निरीक्षण गर्न प्रधानमन्त्री त्यसतर्फ गएका हुन । ठुला आयोजनाको कामको अवस्था वारे जानकारी लिनका लागि दाहाल त्यहा पुगेका हुन । सुदूरपश्चिमको गौरवको योजनाको रुपमा निर्माणाधीन चमेलिया जलविद्युतको अवस्था, कार्य प्रगति र समस्याको बारेमा उनले सो क्रममा जानकारी लिनेछन । दार्चुलाबाट प्रधानमन्त्री दाहालले खप्तड क्षेत्रमा रहेको पर्यटकीय स्थलको अवलोकन गर्ने कार्यक्रम छ । त्यसपछि अपरान्ह प्रधानमन्त्री दाहालले सुर्खेत पुगेर कर्णाली एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री जिल्ला भ्रमणमा दिनभर व्यस्त हुने भएपछि आज बस्ने मन्त्रिपरिषद्को नियमित बैठक पनि स्थगित गरिएको छ । केही दिनदेखि आयोजना अवलोकनका लागि दाहाल पश्चिममा छन ।।


Facebook Comment


No ads found for this position