पोखरामा कस्तो थियो माहौल, बाबुराम र करिश्माले सार्वजनिक गरे तस्विर

२३ मंसिर, पोखरा।विहिबार पोखरामा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईमाथि जुत्ता प्रहार भयो । पृथ्वीनारायण क्याम्पसमा आयोजित नयाँ शक्ति आवद्ध विद्यार्थी संगठनमा बाबुरामाथि दुर्ब्यवहार भएको हो ।

पृथ्वीनारायण क्याम्पसमा विहीबार नयाँ शक्ति आवद्ध विद्यार्थी युनियनले आयोजना गरेको कार्यक्रममा बाबुराम प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बाबुराममाथि कार्यक्रमका क्रममा जुत्ता प्रहार भएपछि खैलाबैला मच्चिएको थियो ।

बाबुरामलाई कार्यक्रम स्थलमा एक भट्टराई थरकै विद्यार्थीले जुत्ता प्रहार गरेको प्रहरीले पुष्टी गरेको छ ।

बाबुराम माथि जुत्ता प्रहार गर्ने पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्र विषयमा स्नातकोत्तर अध्यनरत विद्यार्थी सञ्जिव भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाबुरामलाई कालो झण्डा देखाउँदै कार्यक्रममा पुगेका ती विद्यार्थीले बाबुरामलाई जुत्ता प्रहार गरेका थिए । यद्यपी जुत्ताले बाबुरामलाई लाग्न पाएन ।

 कस्तो थियो त माहौल ?

नयाँ शक्तिकी नेतृ तथा अभिनेत्री करिश्मा मानन्धरले पोखरा कार्यक्रमका तस्विर सार्वजनिक गरेकी छिन् । सामाजिक सञ्जालमा उनले कार्यक्रम उत्साहजनक रहेको भन्दै तस्विर सार्वजनिक गरेकी हुन् ।

 

नयाँ शक्तिका संयोजक बाबुराम आफैले पनि उक्त कार्यक्रमपछि उत्साहजनक कार्यक्रम रहेको भन्दै तस्विर सहित फेसबुक स्ट्याटस लेखेका छन् ।

 


Facebook Comment


No ads found for this position