हराएको आफ्नो मोटरसाइकल अर्कैले चलाएको देखेपछि

२४ मंसिर, काठमाडौं ।  गत मंसिर १५ गते ललितपुरको एकान्तकुनास्थित यातायत व्यवस्था कार्यालयबाट दिउँसै प्रहरी जवान राजेन्द्र खड्काको बा ५१ प ४१२९ नम्बरको मोटरसाइकल हरायो।मोटरसाइकल हराउने वित्तिकै उनले ललितपुर प्रहरी परिसरमा निवेदन दिए।

सोही दिन जावलाखेलको नेपाल टेलिकमको पार्किङबाट पनि बा ५३ प ६१४४ नम्बरको मोटरसाइकल हराएको निवेदन प्रहरीमा परेको थियो।

त्यसको ३ महिनाअघि पनि सातदोबाटो चोकमा पार्किङ गरेको रमेश चौधरीको बा ६१ प ८५२८ नम्बरको मोटरसाइकल हराएको थियो।

मोटरसाइकल हराउन थालेपछि प्रहरी अनुसन्धान गर्दै थियो। आफ्नो मोटरसाइकल हराएको एक हप्ता नहुदैँ राजेन्द्र खड्काले कुपण्डोलमा नचिनेको व्यक्तिले आफ्नो मोटरसाइकल हाँकेको देखे । लगत्तै मोटरसाइकल चलाउनेलाई प्रहरीले पक्राउ गर्‍यो ।

ललितपुर देवीचौर ८ बस्ने वर्ष २३ का सन्तोष चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

अनुसन्धानका क्रममा जावलाखेल र सातदोबाटोबाट मोटरसाइकल चोर्ने उनी नै खुल्न आएको डिएसपी इश्वर कार्कीले बताए। ‘उनले अरु पनि मोटरसाइकल चोरेको हुन सक्ने आशंका हामीले गरेका छौं,’ कार्कीले भने ‘अनुसन्धान जारी छ।’

यसअघि पनि ललितपुर प्रहरीले लुुभुबाट मोटरसाइकल चोर्नेलाई पक्राउ गरेको थियो। ‘मोटरसाइकल हराउन थालेपछि हामीले चोरहरुको खोजीमा छौं,’ डिएसपी कार्कीले भने।


Facebook Comment


No ads found for this position