बाघको संख्या बढ्दै , नेपालमा बाघको संख्या १९८

काठमाडौं, २५ मंसिर । नेपालमा बाघको संख्या बढ्दै गएको छ । सन् २०१० मा विश्वमा बाघ पाइने १३ मुलुकले संयुक्त ग्लोबल टाइगर रिकभरी प्रोग्राम (जिटिआरपी) ले सन् २०२२ सम्ममा आफ्नो मुलुकमा बाघको संख्या दोब्बर बनाउने घोषणा गरेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलगायत निजीस्तरमा सञ्चालित संघ–संस्था संरक्षणमा लागेपछि नेपालमा बाघको संख्या बढेको हो ।

बाघ संरक्षणका लागि तराईको हुलाकी मार्ग पर्ने क्षेत्रमा फ्लाइओभर बनाउन विश्व वन्यजन्तु कोषले आग्रह गरेको छ । तराईको बर्दियाको खाता करिडोर, कैलालीको वसन्तापुर, कञ्चनपुरको लालझाडी क्षेत्रमा गरी कुल पाँचवटा फ्लाइओभर बनाउन प्रस्ताव गरिएको छ ।

नेपालमा बाघको संख्या १९८ नेपालमा सन् २००९ मा १ सय २५ बाघ फेला परेका थिए ।

सन् २०१३ को राष्ट्रिय बाघ गणनामा सो संख्या बढेर १ सय ९८ वटा पुगेको थियो । हरेक पाँच–पाँच वर्षमा बाघ गणना गर्दा बाघको संख्यामा वृद्धि हुँदै गएको देखिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

नेपालमा बाघको आक्रमणबाट पाँच वर्षमा २२ जनाको मृत्यु राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार ०६८-६९ देखि गत वर्षसम्म बाघको आक्रमणबाट २२ जनाको मृत्यु भएको छ । बाघको संख्या वृद्धि हुँदै गएपछि मानिस र बाघबीच द्वन्द्वसमेत बढ्दै गएको छ । बाघको संख्या वृद्धि गर्ने सरकारले घोषणा गरे पनि त्यसको व्यवस्थापन र संरक्षमा खासै चासो नदेखाएको निकुञ्ज तथा आरक्षण क्षेत्रका स्थानीयवासीका गुनासो छ ।

नेपाललगायत १३ देशमा मात्र पाइन्छ

बाघ नेपालसहित विश्वका १३ मुलुकमा मात्र बाघ पाइने गरेकोे छ । बाघ पाइने अन्य देशमा भारत, बंगलादेश, भुटान, कम्बोडिया, भियतनाम, म्यानमार, मलेसिया, रसिया, चीन, लाओस, थाइल्यान्ड र इन्डोनेसिया छन् ।

विश्वमा बाघको संख्या ३ हजार ८ सय ९० रहेको विज्ञहरूले दाबी गर्दै आएका छन् । नेपालमा पाँजचवटा राष्ट्रिय निकुञ्जसहित वन्यजन्तु आरक्ष क्षेत्रमा बाघ पाइन्छन् । नेपालमा सबैभन्दा धेरै बाघ पाइने ठाउँ चितवन राष्ट्रिय निकुञ्ज हो ।


Facebook Comment


No ads found for this position