पूर्वपश्चिम राजमार्गको पुल भाँचियो

२६ मंसिर,कावासोती ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली-१२ दलदले स्थित बौलाहा खोलाको पुलमा ट्रकले आज बिहान ठक्कर दिँदा भाँचिएको छ ।

पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना६ख ३०१७ नम्बरको ट्रकले पुललाई ठक्कर दिँदा पुल झोलुङ्गो जस्तो बनेको छ ।

पुल भाँचिएपछि यात्रुबाहक बस र मालबाहक ट्रक अलपत्र बनेका छन् । साना हल्का सवारी साधन भने पुल भाँचिएको भागभन्दा अर्को भागबाट सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए ।

बौलाहा खोलामा डाइभर्सन निर्माण गरेरमात्र सवारी साधन आवात जावत गराउन सकिने उनले जानकारी दिए ।

पुल भाँचिएपछि पूर्वपश्चिम राजमार्गको रजहर र कावासोतीसम्म सवारी साधनको लाम लागेको छ । भरतपुर कलेज पढ्न जाने विद्यार्थीसमेत रोकिएको विद्यार्थी झलक पौडेलले बताए ।

बिहान १० बजेसम्ममा डाइभर्सन बनाउने गरी काम थालिएको प्रहरीले जनाएको छ ।


Facebook Comment


No ads found for this position