साहसिक पर्यटनको गन्तव्य बन्दै पोखरा

पाेखारा : प्राकृतिक सौन्दर्यमात्र पोखरा पर्यटनको आकर्षण रहेन । पोखरा पछिल्लो केही समययता साहसिक गन्तव्यको रूपमा पनि विकास हुँदै गरेको छ । पुतली जहाज, प्याराग्लाइडिङ, जिप फ्लायर, बन्जी जम्प, कृत्रिम चट्टान आरोहणबाहेक पोखरामा क्यानोनिङ, ¥याफ्टिङ, कायाकिङ पनि थप आर्कषणको रूपमा विकास भएको छ ।

साहसिक पर्यटनको केन्द्रका रूपमा विकास हुँदैै गएको पोखरामा यतिबेला सेती नदीमा हुने ¥याफ्टिङले झनै उत्साह थपेको छ । पोखराका पर्यटन व्यवसायी पनि नयाँ प्रोडक्टको रूपमा विकास गर्नको लागि कम्मर कसेर लागेका छन् ।

पोखरा आफैंमा पर्यटकीय आकर्षणको केन्द्र हो । पोखराको प्राकृतिक तथा सांस्कृतिक सम्पदा पर्यटनको लागि अत्यन्तै महत्वपूर्ण छ पोखरा । पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटक यहाँका आकर्षणबाट अत्यन्तै प्रभावित हुने गर्छन् । पोखराको सुन्दरताबाट लोभिएर स्वदेशका विभिन्न कुना तथा विदेशबाट लाखौं पर्यटकहरू जाने गर्छन् ।

पछिल्लो समय पोखरामा आउने पर्यटकको रोजाइहरू थप भएका छन् । प्राकृतिक सौन्दर्यलाई हेर्दै फेवामा डुंगा चलाएर मात्रै सन्तुष्ट हुने पर्यटकलाई उत्कृष्ट तथा अविस्मणीय अनुभूति दिएर पठाउन नयाँ आकर्षणहरू थप भइरहेका छन् ।

नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्ट्स पोखरा च्याप्टरका संयोजक निमबहादुर मगर पोखरामा अब नयाँ प्रोडक्ट ¥याफ्टिङ थपिएको बताउँछन् । “फेवामा डुंगा चलाउँदै हिमाल हेर्ने भन्दै पर्यटक आउने गरेकोमा अहिले उत्कृष्ट साहसिक खेल खेलेर अविस्मरणीय अनुभूति बटुल्ने पर्यटकहरूको आगमन बढ्दो छ,” मगरले भने ।

पोखरा अन्तररराष्ट्रिय रूपमै प्याराग्लाइडिङको आकर्षण स्थल हो । संसारकै उत्कृष्ट प्याराग्लाइडिङको आनन्द यहाँ बटुल्न सकिन्छ । साहिसक आकर्षणका पूर्वाधारहरूको थप भएसँगै पोखराको ‘अफ सिजन’समेत समाप्त भएको पर्यटन व्यवसायी बताउँछन् ।

साहसिक पूर्वाधारहरूको विकास भएसँगै पोखरा सबै सिजनको लागि भएको पोखराका पर्यटन व्यवसायी रविन्द्र अधिकारीले बताए । पछिल्लो समय साहसिक पर्यटनका पूर्वाधारहरूको थप भएसँगै पोखरामा चिनियाँ पर्यटकको आगमन पनि उल्लेख्य रहेको छ । पोखरा प्याराग्लाडिङको निमित्त अत्यन्तै आकर्षणको केन्द्रमा रहेसँगै साहसिक पदयात्राको लागि पनि ‘ट्रान्जिट प्वाइन्ट’ को रूपमा विकास भएको छ ।

साहसिक पर्यटनको केन्द्र बन्दै

फेवातालमा डुंगामा खेल्न मिल्ने प्राकृतिक आधार आकर्षणको रूपमा नै थियो । पछिल्लो समय व्यावसायिक रूपमा पर्यटकन आकर्षण गर्ने नयाँ आधारहरू निर्माण भएका छन् । मुख्यतः निजी क्षेत्रको सक्रियतामा निर्माण भएका साहसिक आकर्षणका पूर्वाधारहरूले पोखराको पर्यटनलाई समग्रतामा विकास गर्न अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

¥याफ्टिङ तथा कायाकिङ 

माथिल्लो सेतीबाट करिब ९ किलोमिटर तल ड्याम साइटसम्म पोखरामा ¥याफ्टिङ तथा कायाकिङको मजा लिन सकिन्छ । उक्त क्षेत्रमा धेरै ¥यापिड भएकोले विशेषगरी विदेशी पर्यटकहरू जाने गर्छन् । वार्षिक कति जान्छन् भन्ने तथ्यांक नभए पनि गत वर्षमात्र २ हजारभन्दा बढी विदेशी पर्यटकले ¥याफ्टिङ गरेको नाराको पोखरा च्याप्टरले जानकारी दिएको छ ।

पुतली जहाज (अल्ट्रालाइट) 

सन् १९९६ देखि पोखरामा पुतली जहाज (अल्ट्रालाइट)को सुरुवात भयो । आकाशमा चराझैं उड्ने नयाँ प्रविधिबाट सोखिन मानिसहरूका लागि कम जोखिम भएको पुतली जहाज (अल्ट्रालाइट) को सुरुवातले पोखराको पर्यटनलाई ठूलो इँटा थप्न सफल भएको मानिन्छ । पुतलीजहाज र प्याराग्लाडिङ पोखराको आकाशमा विस्तार भएसँगै समयको सानो अन्तरालमै अन्य थप पूर्वाधारहरूको विकास भयो । पोखरा साहसिक पूर्वाधारहरूको विकासले साहसिक गन्तव्यको रूपमा विश्वमै चिनिने स्थितिको सिर्जना भएको छ ।

प्याराग्लाइडिङ

पोखरा प्याराग्लाइडिङको लागि अत्यन्तै आकर्षकीय स्थल हो । विश्वकै उत्कृष्ट प्याराग्लाइडिङ गर्नको निमित्त पोखराको सराङकोटलाई लिइएको छ । पोखरामा सन् १९९७ देखि प्याराग्लाइडिङ व्यावसायिक रूपमा सञ्चालित छ । हाल कास्कीको सराङकोट, कास्कीकोटको तोरीपानी र अर्मलाको ढिंकी डाँडाबाट प्याराग्लाइडिङ सञ्चालन हुँदै आएको छ ।

जिप फ्लायर

सराङकोटबाट हेम्जासम्म जिप फ्लायर सञ्चालन हुँदै आएको छ । यो नेपालकै पहिलो जिप फ्लायर हो । साहसिक पर्यटनको निमित्त अत्यन्तै महत्वका साथ हेरिएको यस खेल २ किमिको दूरी १ मिनेट २८ सेकेण्डमा पार गर्न सकिन्छ ।

बन्जी जम्प

दुई वर्षदेखि पोखरामा बन्जी जम्पको सुरुवात भएको हो । करिब ८० मिटर उचाइ रहेको बञ्जीको ५० मिटर उचाइ जमिनको ढिस्को रहेको छ भने ३२ मिटर उचाइको टावर निर्माण गरिएको छ । करिब दुई करोड रुपैयाँ लागतमा सुरु भएको बन्जी जम्प साहसिक पर्यटनको निमित्त अर्को नयाँ आकर्षण हो ।

कृत्रिम चट्टान आरोहण

पोखराको अन्तराराष्ट्रिय संग्रहालयमा कृत्रिम चट्टान आरोहण गर्न सकिन्छ । फ्रान्सेली नागरिक मोरिस हज्रोगको सम्झनामा फ्रान्सेली राजदूतावासले २१ मिटर अग्लो आरोहणको लागि कृत्रिम पर्खालको निर्माण गरेको छ । हिमाल आरोहणको लागि प्रारम्भिक तालिमको लागि चट्टान आरोहण उपयुक्त मानिँदै आएको छ । साहसिक पर्यटनका निमित्त पोखरा भित्रिने स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको रूपमा कृत्रिम चट्टान आरोहण प्राथमिकतामा पर्ने गर्दछ ।साभार काराेबार


Facebook Comment


No ads found for this position