यी हुन् बढी पर्यटक आउने ५ मुलुक

अच्युत पुरी

नेपाल पर्यटन बोर्डले इयर अफ सर्भाइभका रूपमा घोषणा गरेको सन् २०१६ को ११ महिनामा पर्यटक आगमनमा उत्साहजनक वृद्धि देखिएको छ । सन् २०१५ मा कुल ५ लाख ३८ हजार ९ सय ७० पर्यटक भित्रिएकोमा यस वर्ष भने ११ महिना (जनवरी–नोभेम्बर)भित्रै ६ लाख ५५ हजार १ सय ४४ जना पर्यटक नेपाल आएको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ ।

यो संख्या गत वर्ष ११ महिनाको तुलनामा १ लाख ६१ हजार ६ सय ४१ (झन्डै ३३ प्रतिशत)ले बढी हो । पर्यटक आगमनको यो तथ्यांकले आगामी वर्ष पर्यटनका लागि अझ उत्साहप्रद रहने संकेत गरेको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी बताउँछन् ।

भारतीय पर्यटक बढी तथ्यांकअनुसार नेपाल आउने कुल पर्यटकमध्ये भारतीय नागरिकको संख्या सबैभन्दा बढी छ । सन् २०१५ मा पनि नेपाल आउने कुल पर्यटकमध्ये भारतीयको संख्या पहिलो थियो । यस वर्ष ११ महिनामा कुल १ लाख ५ हजार ४७ जना भारतीय पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

गत वर्ष ११ महिनाभित्र नेपाल आउने पर्यटकको संख्या ६८ हजार ८ सय ६४ मात्र थियो । दोस्रो स्थानमा रहेको चीनबाट यस वर्ष ११ महिनामा ७१ हजार ४ सय ३० पर्यटक भित्रिएको तथ्यांकमा उल्लेख छ । गत वर्ष यही अवधिमा ६२ हजार ९ सय ५५ जना चिनियाँ पर्यटक नेपाल आएका थिए ।

७ लाखको लक्ष्य पूरा हुने विश्वास सन् २०१५ को भूकम्पपछि ५ लाखमा सीमित पर्यटक आगमन सन् २०१६ मा ७ लाख पुग्ने अपेक्षा पर्यटन व्यवसायी तथा सरोकारवालाले गरेका थिए । यो लक्ष्य पूरा हुने संकेत देखिएको कार्यकारी प्रमुख जोशीले बताए । ‘यस वर्ष ७ लाख पर्यटक भित्राउने लक्ष्यसहित हामीले ठूलो प्रयास गरेका थियौँ,’ उनले भने, ‘त्यसमा निजी क्षेत्र र सम्पूर्ण सरोकारवालाले सहयोग गरेका छन् ।’

व्यवसायीमा आत्मविश्वास बढ्छ

दीपकराज जोशी सिइओ, नेपाल पर्यटन बोर्ड

 सन् २०१६ भित्र ७ लाख पर्यटक भित्राउने लक्ष्य पूरा हुँदै छ । यसले एकातर्फ नेपालका पर्यटन व्यवसायीमा आत्मविश्वास वृद्धि गर्नेछ भने विदेशी टुर अपरेटर्सहरूमा पनि सकारात्मक प्रभाव पार्छ ।

जसको प्रत्यक्ष फाइदा मुलुकले आगामी वर्ष प्राप्त गर्नेछ । होटेल र अन्य पर्यटकीय गतिविधिमा देखिएको अग्रिम बुकिङको ट्रेन्डले पनि आगामी वर्ष पर्यटक आगमन अझै बढ्ने अपेक्षा छ । /नयाँ पत्रिका


Facebook Comment


No ads found for this position