पोखराको सराङकोटमा केबलकार शिलन्यास, ८० करोड लागनी

घुमफिर,पोखराको सराङकोटमा केबलकार निर्माण बुधकार देखी सुरु हुने भएको छ । अन्नपुर्ण केबलकार प्रालिले पर्यटकीय स्थल साराङकोटलाई लक्षित गरेर केबलकार निर्माण गर्न लागेको हो । पोखरा २६ सेदी देखि पोखरा २६ सराङकोट सम्म जाने गरि केबलकार निर्माण गर्न लागेको हो । स्थानीय जनताको १० प्रतिशत, टाकासी मियाहरा र व्यवासायी कालु गुरुङको लगानीमा केबलकार निर्माण हुन लागेको हो ।

२ दशमलव २ किलोमिटर लम्बाइ रहने केबलकारमा १३ वटा टावर रहने परार्मश दाता रोपवय नेपालका अध्यक्ष तथा इन्जिनियर गुणराज ढकालले जानकारी दिए । पहिलो चरणमा १७ वटा डब्बाबाट सेवा संचालन गर्ने लक्ष्य रहेको बताए । उनले १७ वटा डब्बाबाट प्रति घण्टा ९ सय जनालाई सेवा दिन सक्ने उनले बताए । पछि थप गरेर ३५ वटा डब्बा पु¥याउन सकिने उनको भनाई छ । यात्रुको संख्या बढ्दै जादा डब्बा समेत बढाउन सकिन्छ उनको भनाई थियो । एउटा डब्बामा ८ जना यात्रु बस्न सक्ने छन् ।

काम सुरुभएको १८ महिनाभित्रै केबलकार निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीका म्यानेजर तीर्थराज त्रिपाठीले जानकारी दिए । केबलकार निर्माणका लागि त्यहाँ वरपरको जग्गा प्राप्तिको काम समेत उनले बताए । वन क्षत्रे पर्ने २४ रोपनी जग्गाको अन्यत्र सट्टा जमिन दिई ४० वर्षका लागि सरकार सगँ लिजमा लिएको बताए । कम्पनीले पिल्लर रहेन ठाउँको निजी जग्गा किनि सेकेको र केबलकारको तार पर्ने ठाउँको जग्गाका जग्गा धनिलाई शेयर दिने बताए ।

उनले १ देखि ८ आना जग्गा पर्नेलाई ५० हजारको शेयर, ८ आना देखि १ रोपनी सम्म जग्गा पर्नेको १ लाख बराबरको शेयर दिने उनले बताए । केबलकार निर्माणका लागि आवश्यक वित्तिय स्रोतको टुंगो समेत लागि सकेको उनको भनाई छ । केबलकार निर्माणको सबै काम चितवन कोईले पाएको छ । नेपालमा संचालनमा रहेको मनकामना र चन्द्रागिरी केबलकारमा जस्तै यसमा पनि सोही प्रविधि अनुसार एउटा तारमा कार झुन्डिने छन् ।


Facebook Comment


No ads found for this position