कर्णालीबाट एनजीओ र आइएनजीओ हटाउने घोषणा

कालिकोटः कर्णाली जनअधिकार मञ्चले कर्णालीबाट एनजीओ र आइएनजीओ हटाउने अभियान थाल्ने घोषणा गरेको छ । मञ्चका अध्यक्ष प्रकाश रोकायाले कालिकोटका पत्रकारहरुसँगको कुराकानीमा यस्तो घोषणा गरेका हुन् ।

कर्णालीको गरिबी र यहाँको केही फोटोहरु देखाउँदै बेचेर खाएकाले कर्णालीमा एनजीओ र आइएनजीओलाई प्रतिबन्ध लगाउनुपर्ने राकोयाले बताए ।

‘एनजीओ र आइएनजीओहरुले कर्णालीलाई बेचेर खाइरहेका छन्’, उनले भने, ‘कर्णालीलाई बेचेर खाने एनजीओ र आइएनजीओ चाहिएको छैन । यिनीहरुलाई प्रतिबन्ध लगाउनुपर्छ ।’

कर्णालीको विकासमा सरकार र एनजीओ, आइएनजीओहरु निकै उदाशीन रहेको बताउँदै रोकायाले यी सबैले कर्णालीका विकासका बाधा गरिरहेको बताए ।

‘कर्णालीको विकासमा सरकारी उदाशीन रहेको  छ’, उनले भने, ‘सरकारी उदाशीनताको फाइदा उठाउँदै एनजीओ र आइएनजीओहरुले कर्णालीलाई विश्वसामू बेचिरहेका छन् ।’

कर्णालीको विकास हुन नदिन बिचौलिया र दलालहरु सक्रिय रहेको बताउँदै उनले कर्णालीका विकासको बाधकलाई हटाउन राजनीतिक दलहरुले खासै चासो नदिएको आरोप पनि लगाए ।

कर्णाली विषेश स्वायत्तता नपाएसम्म कर्णाली जनअधिकार मञ्चले निरन्तर आन्दोलन जारी राख्ने पनि रोकायाले बताए ।


Facebook Comment


No ads found for this position