साँस्कृतिक झाँकीमा नेपालमय बन्यो मेलवर्न

गैरआवासीय नेपाली संघको आयोजनामा मेलवर्नमा आयोजित नेपाल फेस्टिवल २०१७ का कारण शनिवार बिहानैदेखि मेलवर्नको मुख्य शहरी क्षेत्र नेपालमय बन्यो ।

मेलवर्नको मुटु फेडेरेसन स्क्वायरमा नेपाली झण्डा फहराइरहेका छन् भने बिहानै बिभिन्न नेपाली कला र संस्कृति झल्किने सांस्कृतिक परेड निकालिएको छ ।स्टेट लाइब्रेरी अफ भिक्टोरियाबाट निस्केको परेडमा नेपालका बिभिन्न जातजातिका सांस्कृतिक झाँकीहरुसमेत सहभागी बनाइएको थियो ।

करिव एकघण्टा चलेको परेड फेस्टिवलको मुख्य भेन्यु फेडेरसन स्क्वायरमा आएर टुंगिएको थियो । परेडमा नेपालको बहुसांस्कृतिक बिबिधता झल्किन्थ्यो ।

फेडेरेसन स्क्यावरमा बिहानैदेखि हजारौंको संख्यामा मानिसहरु आइरहेका छन् जहाँ नेपाली खाना तथा सँस्कृतिसम्बन्धी बिभिन्न ४५ वटा स्टल राखिएको छ । दिनभरीजसो बिभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको छ ।

अपरान्ह ३ बजेपछि फेस्टिवलको औपचारिक कार्यक्रम सुरु भएको छ जहाँ नेपालका पर्यटन तथा नागरिक उड्डयनमन्त्री, भिक्टोरियाका बहुसाँस्कृतिकमन्त्री र गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले मुख्य अतिथिका रुपमा सहभागी छन् ।


Facebook Comment


No ads found for this position