चन्द्रागिरि केबलकार चडने सोचमा हुनुहुन्छ ? खल्ती गरुङगो भए मात्र जानुहोला

सेवाग्राहीलाई खाना लैजान निषेध गरेको चन्द्रागिरि केबलकारले आफ्नो परिसरमा सञ्चालित होटल तथा रेस्टुरेन्टमा बढी पैसा लिने गरेको छ । बोतलको २० रुपैयाँ पर्ने मिनरल स्प्रिग वाटरलाई परिसरको रेस्टुरेन्टमा ५० रुपैयाँ पर्छ । खाना सेट, फास्टफुड, खाजा लगायतको मूल्यसमेत निकै महँगो रहेको सेवाग्राहीको गुनासो छ ।

चन्द्रागिरी हिल्सको उद्घाटन, घुमफिरको नया गन्तब्य

‘केबलकार चढदा घरबाट ल्याएको तातोपानीसमेत लान पाइँदैन थियो,’ दुई पटक केबलकार चढेका एक सेवाग्राहीले भने, ‘विरोध भएपछि अहिले पानी त लैजान दिन्छ । तर अन्य खानेकुरा लैजान पाइँदैन । परिसरमा पाइने खानाको मूल्य अत्यधिक महँगो छ ।’ कम्पनीका अनुसार नेपाली खाना चिकेन वुफे को ५ सय ६० रुपैयाँ पर्छ । चिकेन मस्मस्को २ सय ३५, चिकेन चाउमिनको २ सय २५, भेज मस्मस् तथा चाउमिनलगायत नुडल्सको २ सय रुपैयाँ लिने गरिएको छ ।‘मन्दिर दर्शन गर्न आउनेलाई खाना ल्याउन नदिने तर रेस्टुरेन्टको मेन्यु महँगो पार्नुले व्यापारमा मनोमानी गर्न खोजेको देखिन्छ,’ अर्का एक सेवाग्राहीले भने, ‘परिसरमा अरूलाई रेस्टुरेन्ट तथा स्टल राख्न दिइएको छैन । कम्पनीका मात्रै रहेछन् ।’

भालेश्वर मन्दिर पृथ्वीनारायण शाहका पालादेखि परिचित हो । उक्त स्थानमा कम्पनीले व्यवस्थित रूपमा मन्दिर निर्माण गरी व्यवसाय विस्तार गरेको हो । मन्दिरलाई देखाई व्यापारमा एकाधिकार जमाउन उक्त शैली अपनाएको गुनासो छ । २ दशमलव ५ किमि दूरीको केबलकार आवतजावत गर्न प्रतिव्यक्ति ७ सय रुपैयाँ लिइन्छ । कम्पनीका निर्देशक हेमराज ढकालले केबलकारमा प्रयोग गरिएका सामग्री अस्ट्रेलियन प्रविधिका गुणस्तरीय रहेकाले महँगो पर्न गएको बताए । ‘हामीले गुणस्तरीयता दिन खोजेका हौं,’ उनले भने, ‘केबलकारमा प्रयोग भएका सामग्री अस्ट्रेलियन प्रविधिका हुन् ।’


Facebook Comment


No ads found for this position