लोडसेडिङ हटाउन अवरोध गर्ने प्राधिकरणका तीन सञ्चालक बर्खास्त

४ पुस, काठमाडौं । लोडसेडिङ हटाउने अभियानमा अवरोध गर्ने विद्युत प्राधिकरणका तीन जना सञ्चालकहरुलाई सरकारले बर्खास्त गरेको छ ।

सञ्चालक समिति सदस्यहरु लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई ऊर्जा मन्त्रालयले हटाएको हो ।

लोडसेडिङ हटाउने अभियानमा अवरोध गर्ने विद्युत प्राधिकरणका तीन सञ्चालकलाई बर्खास्त गरेर सरकारले नयाँ सदस्य नियुक्त गरेको छ ।

रुकुम पूर्तिमकाँडा ६ का भक्तबहादुर पुन, बाजुरा मार्तडी ३ का चेतराज जोशी र सुर्खेत विरेन्द्रनगर ६ का उमेशप्रसाद थानीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’का स्वकीय सचिव बसन्त शर्मा ‘विक्रान्त’ले जानकारी दिए ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्ने अभियान चलाइरहेका बेला सञ्चालक समिति सदस्यत्रय लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेले काममा अवरोध गरेका थिए ।

उनीहरुलाई ऊर्जा मन्त्रालयले स्पष्टिकरण समेत सोधेको थियो । स्पष्टिकरण चित्तबुझ्दो नभएको र राष्ट्रहितको काममा अवरोध पुर्‍याएको भन्दै मन्त्रालयले तिनैजनालाई पदबाट बर्खास्त गरेको छ ।


Facebook Comment


No ads found for this position