नागढुङ्गा–नौबिसे साढे २ किलोमिटर सुरुङ मार्ग बन्ने निश्चत

काठमाडौं– नागढुङ्गा–नौबिसे साढे २ किलोमिटर सुरुङ मार्ग बन्ने निश्चत भएको छ।

जापान सरकारको करिब १५ अर्ब ३३ करोड रुपैयाँ ऋण सहयोगमा उक्त परियोजना निर्माण हुने लागेको हो। नेपाल र जापान सरकारबीच बिहीबार उक्त सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएपछि सुरुङ निर्माण हुने भएको हो। परियोजनाको कुल लागत २० अर्ब ४० करोड रुपैयाँ हुने अनुमान गरिएको छ,जापान सरकारको अफिसियल डेभलपमेन्ट असिस्टेन्स९ओडिए०अन्तर्गत प्राप्त हुने ऋणको ब्याजदर ०।०१ प्रतिशत रहने छ। ऋण भुक्तान गर्ने अवधि ४० वर्षको रहने छ। धादिङको सिस्ने खोलादेखि काठमाडौंको बस्नेतछापसम्म दुई लेनको टनेल निर्माण हुने बताइएको छ।


दवैतिर उक्त टनेललाई जोड्न कुल २।६ किलोमिटरको सडक, २ ओटा पुल उक्त परियोजना अन्तर्गत निर्माण गर्नु पर्नेछ।यो परियोजनाअन्तर्गत सुरुङको सिस्नेखोलातर्फ विश्राम कक्ष, रेष्टुरेन्ट, पसलहरु, पार्किङ, सुरुङ सञ्चालन कार्यालयलगायतका पूर्वाधारसमेत निर्माण गरिने जनाइएको छ।सुरुङलाई सुरक्षित बनाउन बत्ति, आकस्मिक पार्किङ, लाउड स्पिकर, सीसीटीभी क्यामेरा, बाहिर निस्कने मार्ग, पर्याप्ट अक्सिजनका लागि भेन्ट्रिलेशनलगायतका व्यवस्था गरिने जनाइएको छ।सञ्चालन मोडालिटीका बारेमा हालसम्म टुङ्गो नलागेको भए पनि २०१५ मा भएको प्रारम्भिक सर्भेले साना गाडिका लागि रु। २५ र ठूला रु। ३५ सम्म शुल्क लिन सकिने सुझाव दिएको थियो। यस्तो शुल्क लागू गरिए सुरुङ मर्मत तथा सञ्चालनमा सहयोग पुग्ने उक्त रिपोर्टले सुझाएको थियो। सर्भेमा ९० प्रतिशत कार प्रयोगकर्ताले उनीहरु त्यस्तो शुल्क तिर्न इच्छुक देखाएका जनाइएको छ।


Facebook Comment


No ads found for this position