नेपाली सेनाको हेलिकप्टर रिर्जभ गरेर डोल्पामा डोजर

डोल्पाका निर्माण व्यवसायी गणेशबहादुर शाहीले रुकुमको सल्ले विमानस्थलबाट डोल्पाको जुफाल विमानस्थलसम्म आफूले किनेको डोजर पुर्‍याउनको लागि नेपाली सेनाको हेलिकप्टर रिर्जभ गर्नु पर्‍यो ।

एउटा डोजर रुकुमबाट डोल्पा लैजान हेलिकप्टरलाई तीन पटक अपडाउन गर्नु पर्‍यो । ‘पहिला सुर्खेतबाट हेलिकप्टरमार्फत डोजर डोल्पा लैजाने सोंच बनाएको थिएँ’  शाहीले भन्नुभयो, ‘रुकुमबाट लैजाँदा ढुवानी कम पर्ने भएपछि रुकुमबाटै हेलिकप्टर रिर्जभ गरेर डोल्पा लैजान लागेके हुँ ।’

एउटा डोजर डोल्पा पुर्‍याउनको लागी हेलिकप्टर भाडासहित झण्डै ५० लाख रुपैयाँ खर्च लागेको उहाँको भनाई छ  । ‘व्यवसाय त छँदै छ, डोल्पाको विकासको लागि हेलिकप्टरबाट डोजर लैजानु परेको छ । डोल्पाको विकासका लागि यो मेरो योगदान पनि हो’ शाहीले भन्नुभयो । स्रोत साधनको अभाव र अफ्ठ्यारा ठाउँका कारण डोल्पालाई अझै पनि सडक सञ्जालमा ल्याउन सकिएको छैन । अहिलेसम्म पनि सडक यातायात पुग्न नसकेको ठाउँमा निर्माण व्यवसायी कम्पनीले हेलिकप्टरबाट नै भएपनि जेसिभी, डोजर ओसारेर डोल्पामा सडक पुर्‍याउन सहयोग गरिरहेको उहाँले बताउनुभयो ।

हेलीकप्टरबाट डोजर लैजाँदा आर्थिक जोखिम बेहोर्नुपरे पनि अबको एक वर्षभित्रै डोल्पाको सदरमुकाम दुनैसम्म सडक पुग्ने उहाँको आशा छ । डोल्पामा अहिले सामान्य रुपमा साना साना जिप मात्र सञ्चालनमा छन् । जाजरकोटको खगेनीकोटबाट जाजरकोटकै तल्लु बगर, रुकुमको गोतमकोटबाट डोल्पा नजिकैको त्रिवेणीसम्म साना जिप सञ्चालनमा रहेका छन् ।

रुकुमको रिम्ना हुँदै नरसिङगाड र गोतामकोटको ठूलोभेरी नदीमा ठूलो मोटरेवल पुल निर्माण भएपछि मात्रै डोल्पासम्मको सिधा यातायात सञ्चालन हुने छ । सिधा सडक सञ्जाल नहुँदा डोल्पाका बासिन्दा रुकुम हुँदै तराई झर्ने गर्दछन् । पहिला जाजरकोट हुँदै रुकुमको चौरजहारी भएर नेपालगन्ज निस्कने डोल्पाका बासिन्दा अहिले सिधै रुकुमको आठबिसकोटको राडीबजार हुँदै मुसिकोट पुगेर नेपालगञ्ज आइपुग्छन् । दुई दिनमै नेपालगञ्ज पुगिने भएकाले यात्रा गर्दा रुकुमबाट सजिलो हुने डोल्पाका विष्णु शाहीले बताउनुभयो ।


Facebook Comment


No ads found for this position