माउण्ट कैलाश रिसोर्टलाई अर्को अवार्ड, यूरोप बिजनेश एसेम्ब्लीद्धारा सम्मानित

पोखरा ६ पुष  पोखराको लेकसाइड स्थित माउण्ट कैलाश रिर्सोटले फेरी अर्को अवार्ड जितेको छ । स्तरीय सेवा प्रदान गरे बापत रिर्सोटले पुर्न अर्को अन्तराष्ट्रिय अवार्ड जितेको हो । दुई महिना अघि गुणस्तरीय सेवामा विश्व अवार्ड जितेको रिसोर्ट पुनः अर्को अन्तराष्ट्रिय अवार्डबाट सम्मानित हुन सफल भएको छ ।

गत कार्तिक १ गते विजनेश एनिसिएटिभ डिरेक्सन्स अन्तराष्ट्रिय संस्थाबाट ‘वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’ प्राप्त गरेको रिसोर्टले मंगलवार राती बेलायतमा अर्को अवार्ड हात पारेको हो । बेलायतको अक्सफोर्ड अन्तर्गतको यूरोप बिजनेश एसेम्ब्ली ईबीए ले रिसोर्टलाई ‘म्यानेजर अफ दि इयर’ को मेडल सहित ‘बेष्ट इन्टरप्राइज अवार्ड ’ प्रदान गरेको हो । मंगलवार राती बेलायतमा आयोजित विशेष कार्यक्रमका विच अवार्ड हस्तान्तरण गरिएको हो । रिसोर्टका अध्यक्ष नरेश बहादुर भट्टराईले मेडल र अवार्ड ग्रहण गरे ।

यूरोप बिजनेश एसेम्ब्लीले समाजलाई आर्थिक, शैक्षिक र बैज्ञानिक रूपमा विकास गर्न सहयोग पु¥याउने संस्थालाई अवार्ड प्रदान गर्दै आएको छ । एसेम्ब्लीको नोमिनेशन काउन्सिलले एशिया प्रशान्त क्षेत्रकै उत्कृष्ट गुणस्तर कायम गरी सेवा प्रदान गरेको ठहर सहित रिसोर्टलाई मेडल र अवार्ड दिने निर्णय गरेको थियो ।

अवार्ड ग्रहणपछि भट्टराईले माउण्ट कैलाश रिसोर्टले दिएको सेवा उत्कृष्ट भएकै कारण अन्तराष्ट्रिय स्तरमा सम्मानित हुन पाएकोमा खुसी ब्यक्त गरे । स्थापनाको ७ बर्ष पुरा गरेको माउण्ट कैलाश रिसोर्टले यसअघि पनि विभिन्न अन्तराष्ट्रिय अवार्ड जितिसकेको छ ।


Facebook Comment


No ads found for this position