नेशनलजियोग्राफिकले फेरि गर्यो नेपालको बयान ,किनगर्ने भ्रमण ? कारण सहित
एजेन्सी।
नेशनलजियोग्राफिकले ‘तपाई किन अहिले नेपाल भ्रमणमा जानुपर्छ ? शिर्षकमा एक यात्रा संस्मरण प्रकाशित गरेको छ।
वैशाख १२ को भूकम्पको कारण नेपाल भ्रमण गर्ने आशा मार्नुभएको भए फेरी एक पटक सोच्नुस् भन्दै नेपाललाई यो समयमा पर्यटकको खाँचो भएको नेशनलजियोग्राफिकले आफ्नो अनलाइन संस्करणमा लेखेको छ।
भूकम्प अघि वार्षिक ८००,००० पर्यटक भित्रिने गरेको र जसले कुल ग्राहस्थ उत्पादनमा ८।९ प्रतिशत योगदान दिएको उल्लेख गर्दै नेपाल इतिहास, सत्कार र सुन्दरतामा अहिले पनि उत्तिकै धनी रहेको विश्वास गर्न आग्रह समेत गरेको छ।
नेपाल संस्कृतिको धनी रहेको, प्यागोडा शैलीका मन्दिरहरु, काठमा कुँदिएको नेवारी संरचना ९काठमाडौँ०, सडकको हल्लाखल्ला, अनि विशाल हिमालको देश भएको उल्लेख गरेको छ। नेपाल विश्व सम्पदा सूचीमा सूचिकृत १० सम्पदाको घर रहेको समेत लेख्दै काठमाडौं, भक्तपुर र ललितपुरका दरबार स्वायरको वर्णन गरेको छ।
विश्वकै लामो तुइन देखि जिउ सिरिङ्ग पार्ने उचाइमा प्याराग्लाइडिङ गर्न पाइने कुरा समेत उल्लेख गरेको छ। विश्वको १४ अग्ला पहाड नेपालको उत्तरी सीमामा रहेको लेख्दै पोखरा, जोमसोम अनि मुस्ताङको वयान गरेको छ।
चितवन राष्ट्रिय निकुञ्च ६८ स्तनधारी, ५४४ प्रकारका चरा अनि ५५६ उभयचरण प्राणीको घर रहेको लेख्दै सफारीमा हिड्दा बाघ अनि गैडा देख्न सकिने लेखिएको छ
यी सबै हेर्दा त्यहाँ कुनै भूकम्पले असर गरेको भान नहुने नेशनलजियोग्राफिक लेख्छ। यहि समय नेपाल भ्रमण गरि सहयोगको हात अघि बढाउन नेशनलजियोग्राफिकले आफ्ना पाठकलाई आग्रह समेत गरेको छ।