पर्यटक स्मारक पार्क निर्माण गरिने

काठमाडौँ, ८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले पदयात्राका क्रममा निधन भएका पदयात्रीको सम्झनामा ‘टान पर्यटक स्मारक पार्क’ को निर्माणका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ३८ औँ साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले पर्यटन विकासका लागि पूर्वाधार निर्माणमा सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो “छिमेकी मुलुक चीन र भारतका पर्यटकलाई नेपालमा भित्र्याउन सके नेपालमा पर्यटन व्यवसायले फड्को मार्ने थियो ।”
सो अवसरमा टानका अध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन क्षेत्रलाई थप व्यवस्थित बनाउन आफ्नो संस्था प्रयत्नशील रहेको बताउनुभयो । सो अवसरमा पर्यटन क्षेत्रमा योगदान पु¥याउने तीन पत्रकारलाई नगद पुरस्कार र नौ जना पर्यटन व्यवसायीलाई सम्मान गरिएको थियो ।


Facebook Comment


No ads found for this position