Free Spins With No Deposit Uk: Currently, the company offers more than 500 games for smartphones including more than 350 slot games.
  • 2025 No Deposit Casino - This craps variants owes its origin to the US West Coast.
  • Free Mobile Spins No Deposit: The RTP for Robin of Loxley is 96.1%.
  • Online free roulette

    New Online Live Casino Australia
    The slot also has a scatter represented by a red envelope, which is symbolic of good luck.
    Demo Blackjack Online
    If you are fond of fantasy online pokies free, then Pragmatic Plays richly designed Australia Forge may take your fancy.
    Many of the big developers are available here like Scientific Games, Netent, Microgaming and many others, meaning you have access to some of the most popular titles.

    32Red crypto casino app

    New Online Casino Uk Real Money
    All of those factors led to a poker explosion that changed the world.
    Rummy Online Reviews
    You cannot win the jackpot in a row if you spin to get the jackpot of the.
    Betting Odds Roulette New Zealand

    अष्ट्रेलियामा नेपालको पर्यटन प्रर्बद्धन गर्दै

    सिड्नी । देशका लागि योगदान दिन ठूला-ठूला काम गर्नु पर्दैन । देशप्रतिको माया र जिम्मेवारीबोध भयो भने बिदेशमै बसेर निकै सानो काम गर्दा पनि देशका लागि निकै ठूलो योगदान हुनसक्छ । यस्तो सानो काम गरेर ठूलो परिणाम दिन यतिबेला अष्ट्रेलियाको सिड्नीका केही तन्नेरीहरु लागिपरेका छन् ।

    नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिएको पर्यटन यतिबेला धर्मराइरहेको छ । भूकम्पपछि नेपालमा जाने पर्यटकको संख्या अपेक्षित बृद्धि हुन सकिरहेको छैन ।

    यहि चिन्ताकै कारण यी युवाहरुले यतिबेला सिड्नीका सडकमै नेपालका पर्यटकीय गन्तब्यहरुको प्रचारप्रसार गर्न लागिरहेका छन् ।

    उनीहरूले निजी सवारीसाधनमा नेपाल प्रबर्दन गर्ने ठूलाठूला स्टिकरहरू टाँस्ने अभियानै चलाएका छन् ।“अर्को होलिडेको योजना नेपालको लागि बनाउनुहोस्”, बुद्ध र सगरमाथाको देश नेपालमा स्वागत छ” जस्ता अङ्रेजीमा लेखिएका सन्देशसहितका गाडीहरु अहिले सिड्नीमा गुडिरहेका भेटिन्छन्।

    visit-nepal-sydney-2नेपालको पर्यटन प्रर्बद्धनका लागि नेप्लिज युथ फोरम अस्ट्रेलिया (नाइफा) र जय नेपाल फाउन्डेसनले  चलाएको यो अभियान दिन प्रतिदिन प्रभावकारी बन्दैछ। नेपालको पर्यटन प्रर्बद्धनसम्बन्धी सन्देशसँगै नेपाललाई विश्व जगतमा जिनाउने गौतम बुद्ध, सगरमाथा, लुम्बिनी, जिवित देबी कुमारी, बौद्ध स्तुपा, लोपोन्मुख एक सिङे गैंडा लगायतका तस्विर अंकित स्टिकर आफ्नो गाडीमा टाँसेर नेपालको पर्यटन प्रर्बद्धन गर्नु यो अभियानको मुख्य योजना रहेको नाइफाका अरुण गौतम बताउँछन् ।

    उनका अनुसार अभियानको पहिलो चरणमा यही जनवरी ७ तारिक सम्ममा २० वटा गाडीमा स्टिकर टाँस्ने र अरु थुप्रै गाडीहरुमा नेपालको झन्डा राखेर स्थानियको ध्यानाकर्षण गराउन सिड्नी शहर र सिड्नीका सी साइड परिक्रमा गर्ने योजना रहेको छ। अहिलेसम्म १४ वटा गाडीहरुमा स्टिकर टाँसिसकिएको छ ।

    तर, यी तन्नेरीहरू यतिमै रोकिने धुनमा भने छैनन् । जनवरी ७ तारिख पछि कम्तिमा एक हजार गाडीहरुमा सो स्टिकर टाँस्ने योजना उनीहरूको छ । जसका लागि मेल्बर्न, ब्रिशबेन, पर्थ, एडिलेड, डार्विन लगायतका ठाउँहरुमा पनि यो अभियानलार्इ विस्तार धुनमा छन् उनीहरू ।

    यसैगरी अभियानको दोश्रो चरणमा अस्ट्रेलियाका १० वटा सार्वजनिक बसहरुमा नेपाल प्रर्बद्धन गर्ने स्टिकर टाँस्ने योजना रहेको छ र यसका लागि सबैभन्दा सस्तो १३ हजार डलरको कोटेसन लिएका छन् । उनीहरुका अनुसार सो रकम सकेसम्म स्पोन्सरबाट उठाउने योजना रहेको छ । गोल्ड स्पोन्सरको लोगो पनि स्टिकरमा राखिने छ । नपुग रकम च्यरिटी डिनरबाट उठाउने योजना रहेको अध्यक्ष गौतम बताउँछन् ।

    visit-nepal-sydney-3अभियानकाबारे सबैलाई जानकारी दिन फेसबुकमा ‘भिजिट नेपाल, प्रमोट नेपाल’ को ह्यस्ट्याग राखेका छन् । यसै अभियानबाट प्रभावित भएर एकजना अस्ट्रेलियन स्टिभ टुड अहिले नेपाल भ्रमणमा रहेको र उनले नेपाल भ्रमणको सन्देशसहित भिडियो पठाएको उनले जानकारी दिए ।

    यो अभियानबाट नेपालको पर्यटन प्रर्बद्धनमा निकै ठूलो भूमिका खेल्ने भन्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नाइफा र जय् नेपाल फाउन्डेशनलाई धन्यवाद दिइसकेका छन्। सिड्नीका युवाहरु अरुण गौतम, बिष्णु सापकोटा, सागर अधिकारी, ह्यन्सन विश्वकर्मा, सुदिप भण्डारी र बिकास शर्माले शुरु गरेको यो अभियानलाई सफल बनाउन अस्ट्रेलियाको  नेपाली समुदायको बलियो साथ चाहिएको छ।


    Facebook Comment


    No ads found for this position