चोर पक्रन नाम्चेका व्यवसायीद्वारा हेलिकप्टर चार्टर

काठमाडौं । सोलुखुम्बु नाम्चेबजारका व्यवसायीहरुले चाेर पक्राउ गर्न लाखौं रुपैयाँ खर्च गरेर हेलिकप्टर चार्टर गरेका छन् । नाम्चे बजारमा चोरी गरेर करिब आठ घण्टाको बाटोमा पर्ने दोले पुगेका चोरलाई पक्रन स्थानीयले हेलिकप्टर चार्टर गरेर प्रहरीलाई चोर लुकेको स्थानमा पुर्‍याएका हुन् ।

‘चोरी गरेका व्यक्ति पहिचान भएपछि हामीले चोर पक्रन प्रहरीलाई हेलिकप्टरमा राखेर लग्यौं, अन्नत उनीहरु पक्राउ परे । नाम्चेका स्थानीय लामाकाजी शेर्पाले भने ।

शेर्पाका अनुसार चोरीको घटना भने गत शुक्रबार भएको हो । चारले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय नाम्चेमा चोरीको प्रयास गर्‍यो । ढोका फुटाएर भित्र पसिसकेपछि सुरक्षा गार्डले थाहा पाए । र, तत्कालै चार भागेको थियो ।


Facebook Comment


No ads found for this position