भारतले संसारको अग्लो ‘स्तन्त्र शालिक’ बनाउने
भारतले संसारको अग्लो ‘स्तन्त्र प्रतिमा’ बनाउने महगाे परियाेजना सार्वजानिक गरेको छ।पश्चिम भारतका १६ औँ शताब्दीका साशक छत्रापति शिवाजीको १ सय ९२ मिटर अग्लो स्वतन्त्र शालिक बनाउने छ। भारतीय प्रधानमन्त्रीले सार्वजानिक गरेको ‘मोदी परियोजना’ अन्र्तगत बन्न लागेको उक्त परियोजनाको लागि ३६ अरब भारतीय रुपैला लाग्ने बताइएको छ।
मुम्वइको अरविक सागरमा बनाइने उक्त मुर्तिको उद्घाटन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले बताए ‘स्वतन्त्रताका प्रतिमुर्ति छत्रापतिको मुर्ति संसारकै सबैभन्दा अग्लो हुने छ।’ अन्य कुनै पनि मुलुकमा यति अग्लो मुर्ति नभएको र यसलाई बनाउन सकियो भने संसारकै नमुना मुर्ति हुने दावी मोदीले गरे।
भारतले सरदार वल्लभभाइ पटेलको सम्झनामा गुजरातमा १ सय ८२ मिटर अग्लो सालिक बनाउदै छ। अमेरिकाकाे स्ट्याच्यु अफ लिवर्टी भन्दा एक भाग ठुलाे उक्त परियाेजनाको बिराेध जनाउदै भारतमा ३० हजार भन्दा बढीले हस्ताक्षर गरेका छन।
अहिले सम्ममा संसारकै सबैभन्दा अग्लो चिनको होनाइ प्रान्तमा रहेको बुद्धको मुर्ति मानिन्छ जसको उचाइ १ सय ५३ मिटर अग्लो छ।