पोखरामा सडक महोत्सबको १८ औं संस्करण सुरु

पोखरा १३ पुस, पोखरामा सडक महोत्सबको १८ औं संस्करण सुरु भएको छ ।

महोत्सबको सहरी विकासमन्त्री अर्जुननसिह केसीले उद्घाटन गरे । रेष्टुरेन्ट एण्ड वार एसोशिएसन रेवान पोखराको आयोजनामा सञ्चालन भएका महोत्सवमा साढे तीन किलोमिटर क्षेत्रलाई सिगारीएको छ । महोत्सब पोखराको मुख्य पर्यटकिय क्षेत्रको रुपमा चिनिएको लेकसाइडको शहिदचोक देखि खहरे, डिहिकोपाटन सम्मको क्षेत्रमा हुनेछ ।

‘सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ भन्ने नाराका साथ पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सबमा सडक मै रमाउन विदेशी तथा स्वदेशी पर्यटकहरु आउने गरेका छन् । यस वर्ष नेपालका विभिन्न भेगका सास्कृति सहित छिमेकी राष्ट्रका सस्कृति हेरेर पर्यटकहरु रमाउन पाउने छन् । पोखरालाई अंग्रेजी नयाँ बर्षको गन्तब्यस्थल बनाउने उद्देश्यले आयोजना गरिदै आएको महोत्सब पोखराकै प्रतिष्ठित महोत्सबका रुपमा समेत चिनिन्छ ।

यो महोत्सबले पोखरामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन ठूलो भूमिका निर्वाह गरेको महोत्सवका संयोजक गोपीबहादुर भट्टराईले जानकारी दिए ।नयाँ बर्ष मनाउनकै लागि अन्यत्र जाने स्वदेशी तथा विदेशी पर्यटकलाई पोखरामै रमाउने बाताबरण महोत्सबले मिलाएको उनको भनाई छ । महोत्सबको अबसरमा पोखरा आउने पर्यटकका लागि रेष्टुरेन्ट तथा होटलको नियमित मेनुमा १५ देखि २० प्रतिशत सम्म छुट दिइने रेवान पोखरा अध्यक्ष चौबहादुर गुरुङले जानकारी दिए ।

नयाँ बर्ष मनाउन पोखरा आएका पर्यटकले होटल तथा रेष्टुरेन्ट भरिभराउ छन् । महोत्सबको उद्घाटन पुर्व पोखराका विभिन्न आमा समुह, भजन समुह, विभिन्न जातीय झाकीहरु, सास्कृतीका झाकीहरुको प्रर्दशन गरिएको थियो । महोत्सव उद्घाटन कार्यक्रममा सभासद् यज्ञबहादुर थापा, सारदा पौडेल, रेवान पोखरा महासचिब विश्व पौडेल लगाएतले शुभकामना दिएका थिए । सोही अवसरमा पोखराको लेकसाइडमा रहेको माउण्ट कैलाश होटलका सञ्चालक नरेश भट्टराईलाई विदेशबाट विभिन्न सम्मान पाएको भन्दै सम्मान गरिएको थियो ।


Facebook Comment


No ads found for this position