पोखरा विमानस्थालको निर्माणमा तीब्रता दिने

१३ पुस, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई तीब्रता दिने भएको छ ।

 

प्राधिकरणले बुधबार पत्रकार सम्मेलन गरी विमानस्थल निर्माण कार्यलाई अघि बढाउन पूर्वाधार विकासको कामलाई सुरु गरिएको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै निगमका प्रवक्ता बिरेन्द्रप्रसाद श्रेष्ठले विमानस्थल निर्माणका लागि १ सय ७ रोपणी जग्गा खरिद प्रक्रिया सुरु गरेको बताए  ।

उनले भने ‘ पोखरा बिमानस्थल निर्माणका लागि आवश्यक पर्ने १ सय ७ रोपनी जग्गा खरिद प्रक्रिया अघि बढाइएको छ ।’ साथै उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गा अघिग्रहणको काम पनि अघि बढाएको जानकारी दिएका छन् ।

प्राधिकरणले निजगढ विमानस्थल निर्माणका लागि त्यस वरपरको जग्गा अधिग्रहणको कामलाई पनि प्राथमिकतामा राखेको छ ।


Facebook Comment


No ads found for this position