प्रेमिका बनाएर १६ लाख ठगी !

१४ पुस, काठमाडौं । म्याग्दी कारागारमा रहेका दाइ पर्ने व्यक्तिालाई भेट्न जाँदा दुइ वर्षअघि शारदा शर्मा (नाम परिवर्तन)को नेत्रप्रसाद गिरीसँग चिनजान भयो । उनीहरुबीच जेलमै बारम्बार भेट हुन्थ्यो ।

 

गिरी असोज २०७२मा जेलबाट मुक्त भए । जेलबाट छेटेपछि उनीहरु प्रेमी प्रेमिका भए । आफू इन्जिनियर भएको र विदेशमा पनि चिनजान भएको भन्दै गिरीले रवाफ देखाए । बिहे गर्नेसम्म आश्वासन दिए ।

गिरी प्रेमिका मात्र नभइ उनका भाइलाई समेत पोर्चुगल पठाउने आश्वासन दिए । युवती विश्वस्थ थिइन् । तर गिरी आश्वासन मात्रै होइन, प्रेम पनि झुटो थियो ।
युवतीलाई विदेश पठाउने भनेर विश्वास दिलाएर मख्ख बनाउनुको पछाडि उनीसँग पैसा लिने योजना थियो । पटक-पटक गरेर युवतीसँग उनले १६ लाख ५० हजार रुपैयाँ लिएको सिआइबीकी एसपी मिरा चौधरीले वताइन् ।

पैसा लिएर गिरी फरार भएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Facebook Comment


No ads found for this position