फुलबारी महोत्सव सुरु

धनगढी । धनगढी उपमहानगरपालिकाको फुलबारीमा आजदेखि ‘फुलबारी महोत्सव’ सुरु भएको छ । वन तथा भूसंरक्षण राज्यमन्त्री दीर्घराज भाटले महोत्सवको उद्घाटन गर्नुभयो । स्थानीय कला संस्कृतिको प्रवद्र्धनका साथै थारु समुदाय र लोपोन्मुख राउटे समुदायको खानपान र जीवन शैली महोत्सवको मुख्य आकर्षणका रुपमा रहेको आयोजक न्यू बुद्ध स्पोर्ट युवा क्लबले जनाएको छ ।

यही पुस २२ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय कलाकार मिलन लामा, ज्योति मगर, बद्री पङ्गेनी, टीका पुन, अजुन कौशल, रामजी खाँडका साथै स्थानीय कलाकारका प्रस्तुति रहने क्लबका अध्यक्ष महेश गोलेले बताउनुभयो ।

महोत्सवमा कृषि उपज, व्यापार, खाद्य परिकारलगायतका एक सय स्टल रहेका छन् । महोत्सव अवधिमा रु ४० लाख बराबरको कारोबार हुने र ८० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने विश्वास गरिएको छ ।

महोत्सवमा लोक संस्कृतिमा आधारित स्थानीय झाँकी, सखिया नाच, तामाङ सेलो र देउडा प्रदर्शन हुने पनि जनाइएको छ ।


Facebook Comment


No ads found for this position