टेलिकमको फोरजी सेवा आइतबारदेखि

काठमाडौं । नेपाल टेलिकमले आगामी आइतबार अर्थात् जनवरी १ तारिखबाट काठमाण्डौमा चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा फोरजी सुरु गर्ने भएको छ ।

तर, आइफोन र आइप्याड प्रयोगकर्ताले भने तत्कालै नेपाल टेलिकमको फोरजी सेवा प्रयोग गर्न पाउनेछैनन् । नेपाल टेलिकमले एप्पलसँग टेलिकम नेटवर्क कोड इनेबल सम्झौता बेलैमा नगर्दा यस्तो समस्या आउन लागेको हो ।

हाल फोरजी सेवाको परिक्षण गरिरहेको नेपाल टेलिकमको सो क्रममा आइफोनमा फोरजी सेवा नचल्ने जानकारी पाएको हो ।हाल नेपाल टेलिकमका झण्डै दुई लाख प्रयोगकर्ताले एप्पलले उत्पादन गरेका आइफोन प्रयोग गर्छन् । जसमध्ये करिव १ लाख ७० हजार आइफोनमा फोरजी चलाउन सकिन्छ ।

डिभाइसको सुरक्षाप्रति संबेदनशील एप्पलले आफ्ना सेटमा सम्बन्धित सेवा प्रदायकको लोकेसन इनेबल नगर्दासम्म फोरजी नचल्ने बनाएको छ । जसका कारण संसारभरिका सवैजसो टेलिकम सेवा प्रदायकले फोरजी सेवा सञ्चालनका लागि एप्पलसँग बेग्लै सम्झौता गर्नुपर्छ र त्यस्तो सम्झौतापछि एप्पलले सेवा प्रदायकको लोकेसन इनेबल गर्छ ।

एप्पल बाहेकका अन्य स्मार्टफोन ब्राण्डमा भने फोरजी सेवा स्वतः चल्छ । एप्पलसँग जस्तै कोड इनेबल गर्ने सम्झौता गरिराख्नु पर्दैन् ।नेपालका लागि आइफोनका आधिकारिक वितरक जेनरेसन नेक्स्ट कम्युनिकेसनका प्रबन्ध निर्देशक पवन भिमसरियाले नेपाल टेलिकमबाट लोकेसन इनेबलका लागि अनुरोध आएको र सोहीअनुसार आफुले एप्पलको सिंगापुरस्थित कार्यालयलाई पत्र पठाएको जानकारी दिए ।

‘त्यस्तो समस्या आएको थाहा पाएपछि टेलिकमले गत बिहीबारमात्र हामीलाई अनुरोध गरेको थियो’ भिमसरियाले जानकारि दिए ।‘अहिले त्यहाँ क्रिसमस र नयाँ बर्षको लामो बिदा छ, रेस्पान्स आउन कम्तीमा एक साता कुर्नुपर्छ होला’ उनले भने।टेलिकमका सहप्रवक्ता शोभन अधिकारी आइतबार नै फोरजीबारेको सबै विवरणहरु सार्वजनिक गर्ने बताए


Facebook Comment


No ads found for this position