कर्णाली राजमार्ग मर्मतको आवश्यकता:जिविस कालिकोट

रमेश रावल

१५ पुस, कालिकोट।  जिल्ला विकास समिति कालिकोटले कर्णाली राजमार्गको कालिकोट सडकखण्डमा मर्मतको आवश्यकता रहेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिहदरबार र सडक विभाग पुल्चोकलाई पत्राचार गरेको छ ।

कर्णाली राजमार्गका विभिन्न ठाउँमा बाढी पहिरो तथा अन्य कारणले राजमार्ग जिर्णोदार भएको त्यसको मर्मतको आवश्यकता रहेको जिल्ला विकास समितिले जनाएको हो ।
कर्णाली राजमार्गको कालिकोट सडकखण्डको भर्ता गाविसमा पर्ने एसमोड र कालेखोला क्षेत्रमा मर्मतको आवश्यकत छ ।

त्यसैगरी, मान्म गाविसको सुनारखोला, सेरीघाट, ताडी, खरीखोला, गल्ली छेडा, दाहाँ गाविसको बिहानीखोला, मौलाकाटिया, कल्याणीखोला, पाखाँ गाविसको बिर्तामोड, छाप्रे गाविसको टाकुल्ला, जुबिथा गाविसको खल्लागाड, राचुँली गाविसको उकालो र फोइमहादेव गाविसको भिग्ममा पहिरो र अन्य कारणले सधैँ अबरुद्ध भइरहने सडक मर्मतको आवश्यकता रहेको भन्दै पत्राचार गरेको हो ।

कर्णाली राजमार्ग बनेको यसको पुर्ननिर्माण कयौँ ठाउँमा स्तरोन्‍नति आवश्यक रहेकाले भौतिक तथा यातायात मन्त्रालय र सडक विभागलाई पत्राचार गरिएको स्थानीय विकास अधिकारी प्रदीपराज अधिकारीले बताए ।

कर्णाली राजमार्ग बनेको छ’, उनले भने, ‘राजमार्गको कयौँ ठाउँमा स्तरोन्‍नति र पुनर्निर्माणको आवश्यकता रहेको छ ।’

कर्णाली राजमार्गका विभिन्न खोला तथा सडकखण्डमा अझै स्तरोन्नती नभएपछि जिल्ला विकास समितिले त्यसको पहल थालेको स्थानीय विकास अधिकारी अधिकारीले बताए ।

‘हामीले जिल्ला विकास समितिबाट केही गर्न नसकिने अवस्था आयो,’ उनले भने,‘राजमार्गको स्तरोन्नतीका लागि मन्त्रालय र विभागलाई पत्रचार गरेका छौँ ।’

त्यस्तै, जिल्ला विकास समितिले पुस मसान्तसम्म सबै विकासे योजनाको सम्झौता गर्न उपभोत्ता समितिलाई आग्रह गरेको छ । तर अहिलेसम्म ५० वटा उपभोक्ता समितिले जिल्ला विकास समितिमा सम्झौता गरेका छन् ।

जिल्ला विकास समिति कालिकोटले जिल्ला परिषद् हुन लागेकाले सबै सरकारी तथा गैससलाई आफ्नो योजना जिल्ला विकास समितिमा पेस गर्न समेत आग्रह गरेको छ ।

जिल्ला विकास समिति कालिकोटले गैसस र सरकारी कार्यालयबाट हुने सेवा प्रवाह विकासे योजना सङ्कलन सुरु गरिएको स्थानीय विकास अधिकारी अधिकारीले बताए ।

‘जिल्ला विकास समिति गैसस र सरकारी कार्यालयबाट सेवा प्रवाह हुने योजनाको माग गरिएको छ’, उनले भने,‘‘सडक डिभिजन र सहरी तथा भवन डिभिजन कार्यालयबाट हुने योजनाका विषयमा पत्राचार गरेर योजनाको विवरण प्राप्त भइसकेको छ ।’

त्यस्तै, जिल्ला विकास समिति कालिकोटमार्फत यस वर्ष १८ वटा झोलुङ्गे पुल बन्नेमा १३ वटाको सम्झौता भएको छ । बाँकी सम्झौता प्रक्रिया अगाडी बढेको जिल्ला विकास समिति कालिकोटले जनाएको छ ।


Facebook Comment


No ads found for this position