विश्वको सवै भन्दा अग्लो पुल खुल्ला

बेइजिङः चीनका दुई ओटा प्रान्तलाई जोड्नेगरी बनाएको विश्वको सवै भन्दा अग्लो पुल खुल्ला गरिएको छ ।


दुई ओटा पहाडी प्रान्तहरु युनान र गुइजोउ प्रान्तलाई जोड्ने बेईपान्जीङ पुल नदिदेखि ५६५ मिटर माथी रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।


युनान प्रान्तको छुङवेइदेखि गुइजोउको शुइचेङ सम्मको यात्राका लागि यो पुल बनेपछि एक पटकमा चार घण्टा भन्दा बढी समय छिटो हुने सवारी चालकहरुले बताएका छन् ।‘यी दुई ठाँउमा आवतजावत गर्नु पर्नेहरुकालागि यो पुल निकै उपयोगी भएको छ,’ एक चालकले भने ।


यस पुलले यसअघिको सबै भन्दा अग्लो पुलमा रुपमा रहेको सि डु रिभर व्रिजलाई पनि उछिनेको छ । विश्वका अग्ला पुलहरु मध्ये धेरैजसो चीनमै रहेका छन्।एजेन्सी


Facebook Comment


No ads found for this position