कोसी टापुमा आन्तरिक पर्यटक निषेध, बिदेशीलार्इ अवलोकन गर्न दिइने

इनरुवा। पूर्वाञ्चलको प्रसिद्ध पर्यटक क्षेत्रका रुपमा रहेको कोसी टापु वन्यजन्तु आरक्षमा पर्यटक आगमनमा निषेध गरिएको छ ।

आरक्षको जङ्गल क्षेत्रबाट दैनिकरुपमा जङ्गली हात्ती आएर बितन्डा मच्चाउने गरेका कारण आन्तरिक पर्यटक आगमनमा निषेध गरिएको कोसी टापु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ ।हात्ती आतङ्कका कारण यहाँ अवलोकन गर्न आउने पर्यटकमा मानवीय खतरा बढेकाले आन्तरिक पर्यटक आगमनमा निषेध गरिएको आरक्षका संरक्षण अधिकृत श्यामप्रसाद साहले जानकारी दिए।आन्तरिक पर्यटकले अवलोकन गर्ने बेलामा पथ प्रदर्शक सहयोग नलिने गरेको र जङ्गल क्षेत्रको अवलोकन कसरी गर्ने विषयमा ज्ञानको अभाव भएकाले आरक्षमा आन्तरिक पर्यटक आगमनमा निषेध गरिएको आरक्षका संरक्षण अधिकृत साहले बताए ।

उनले टाढाबाट तथा नेपालबाहेकका मुलुकबाट चरा तथा जङ्गली जनावर हेर्न आउने पर्यटकलाई भने अवलोकन गर्न दिइने बताए । विदेशी मुलुकबाट आरक्षको चरा तथा अर्ना हेर्न आउने पर्यटकलाई पथ प्रदर्शक र सावधानी अपनाएर आरक्ष अवलोकनको वातावरण मिलाउने उनको भनाइ छ ।


Facebook Comment


No ads found for this position