टेलिकमको फोर-जी माघदेखि प्रिपेडमा पनि

१७ पुस, काठमाडौं । नेपाल टलिकमले आफ्नो मोबाइल डाटा सेवामा चौथो जेनेरेशनको फोर,जी सेवा प्रारम्भ गरेको छ ।


सुरुवातमा टेलिकमले पोखरा र काठमाडौंका जीएसएम पोष्टपेड ग्राहकलाई मात्र सेवा दिन सकिने बताएको छ । यसका लागि नयाँ प्रविधिको यु,सिम भने अनिवार्य आवश्यक पर्ने सेवा शुभारम्भपछि भएकोे पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सुरुवात परीक्षणमा पनि भएकाले प्रिपेड सिम प्रयोगकर्तामाझ पुर्‍याउन नसकिएको सेवा कम्पनीले जनाएको छ ।

माघदेखि प्रिपेडमा पनि

यो सेवालाई अब क्रमैसँग प्रिपेडमा सिम प्रयोगकर्तामाझ पनि पुर्‍याउने टेलिकमकी महाप्रवन्धक कामिनी राजभण्डारीले जानकारी दिइन् ।आगामी माघ २२ मा हुने वार्षिकउत्सवमा फोर(जीको ब्यवसायिक लञ्चिङ गर्दै प्रिपेडमा पनि विस्तार गरिने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । उनकाअनुसार माघदेखि टेलिकमका अन्य सिमहरुमा पनि फोर,जी चलाउन सकिनेछ ।

टेलिकमले ३९ करोड रुपैयाँ बराबर खर्चिएर फोर,जी सेवा प्रारम्भ गरेको हो । काठमाडौंमा फोर(जीका लागि काठमाडौंमा ३ सय ८ वटा बिटीएस टावरलाई अपग्रेड गरिएको छ भने पोखरामा ७९ वटा टावरको स्तरोन्नति गरिएको छ ।

पोखराको लेकसाइड र न्युरोड क्षत्रेमा मात्रै अहिले फोर,जी नेटवर्क उपलब्ध हुनेछ । काठमाडौं उपत्यकाभित्र भने प्रायः सबै स्थानमा फोर(जी नेटवर्कले काम गर्नेछ ।

स्पीड कति ?

१८०० मेगाहर्ज ब्याण्डमा कम्पनीले प्रयोग गरेको १५ मेगाहर्जको ब्याण्डविथलाई रिफर्मिङ गरी ५ मेगाहर्जलाई फोर जीका लागि र १० मेगाहर्ज जिएसएमका लागि प्रयोग गरिएको छ ।यसअनुसर फोर(जीले अधिकतम् ३२।४ एमबीपीएस गतिको डाटा उपलब्ध गराउनेछ । यसलाई १०० एमबीपीएस बनाउन टेलिकमले छिट्टै ५ मेगाहर्ज ब्याण्डविथ थप गर्ने घोषणा गरेको छ ।

यु,सिममा मात्रै चल्ने

अहिले टेलिकमका झण्डै ३ लाख ५० हजार पोष्ट पेड प्रयोगकर्ताले यो सेवा लिन सक्नेछन् । तीन वर्षअघिकै पोष्टपेड सिम प्रयोग गरिरहेका ग्राहकले टेलिकमबाट यु(सिम लिएर मात्रै यो सेवा प्राप्त गर्न सक्नेछन् । यु(सिम सानो आकारमा उपलब्ध सिम हो ।

पुरानो संरचनाको सिममा यो सेवा उपलब्ध नहुने भएकाले यु(सिम नै लिनुपर्ने प्रवक्ता बैद्यले बताइन् । टेलिकमले ३ वर्षअघिदेखि यु(सिम वितरण थालेको थियो । ३ वर्षभन्दा पुरानो सिममा फोर(जी चल्ने छैन ।

कुन फोनमा चल्दैन ?

कम्पनीकाअनुसार फोर(जी सपोर्ट गर्ने प्रायः सबै फोनमा यो सेवा उपलब्ध हुनेछ । यसका लागि १८०० मेगाहर्ज ब्याण्डमा फोर जी सपोर्ट गर्ने फोन भने आवश्यक हुन्छ । कतिपय फोनमा १८०० मेगाहर्ज ब्याण्डमा फोरजी सपोर्ट नभएको पाइएको छ ।एप्पल आइफोनको ६ र ७ सिरिजमा पनि यो सेवा तत्काल उपलब्ध हुनेछैन । कम्पनीको सेक्युरेटी फिचर्स अन्तरगत लोकेशन इनेबल गर्न बाँकी सेटहरुमा अहिले फोर(जी चल्नेछैन । आइफोनको ५ सिरज सम्ममा भने चल्छ ।

यसका लागि कम्पनीलाई पत्राचार गरिसकेकाले केही समयमै आइफोनका सबै सिरिजमा फोर,जी चल्नेछन् ।

शुल्क थ्री जीकै
सेवा शुभारम्भको अवसरमा जनवरीभरि सेवा रजिष्टर्ड गर्ने ग्राहकलाई प्रतिदिन १ जिबीका दरले ४ दिनका लागि ४ जिबी निःशुल्क डाटा प्रदान गर्ने घोषणा कम्पनीले गरेको छ ।फोर,जी रजिष्टर्ड गर्न स्टार ४४४ ह्याज डायल गर्नुपर्छ । यदि रजिष्टर्ड हुन नमानेमा टेलिकमबाट नयाँ यु,सिम लिएर सेवा दर्ता गर्न सकिन्छ ।


Facebook Comment


No ads found for this position