Slot 88 Pearls By Synot Games Demo Free Play: When you are a part of the VIP club, your reward multiply.
  • Slot Wheel Of Fortune Ruby Riches By Igt Demo Free Play - This welcome bonus is shared across the first three deposits.
  • How To Win On Online Blackjack: We currently have 4 complaints directly about this casino in our database, as well as 10 complaints about other casinos related to it.
  • Betway poker bonus

    Casino Slot Machines Online Free Games Uk
    They include Amazon Idols Million Maker, Jackpot Jester and Thunderspin Jackpots.
    88 Free Spins Canada
    Getting started at Lyra Casino is a doddle.
    However, players should pay attention to the rules and restrictions.

    Poker cryptocurrency casino Melbourne au

    Online Casinos That Give You Free Spins
    The casino is operated and owned by Direx N.V.
    Roulette Strategy Australia
    You can choose between Australian Dollars, Australian Dollars, Euros, US dollars, New Zealand Dollars, Polish Zlotys, Swedish kronor, Norwegian kroner and several other popular currencies.
    Slot Machine Bonus Live

    नेपाल विद्युत् प्राधिकरणद्वारा स्मार्ट मिटर प्रयोगमा ल्याउने बारे अध्ययन सुरु

    काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले स्मार्ट मिटर प्रयोगमा ल्याउने बारे अध्ययन सुरु गरेको छ। विद्युत् वितरण र भुक्तानीलाई स्वचालन प्रणाली अटोमेशनमा लाने सोचअनुसार प्राधिकरणले स्मार्ट मिटर प्रयोगमा ल्याउनेबारे अनौपचारिक रूपमा अध्ययन सुरु गरेको हो।

    यसका लागि विभिन्न अन्तर्राष्ट्रिय स्मार्ट मिटर उत्पादक कम्पनीहरुले समेत प्राधिकरणलाई लविङ गरिरहेका पनि देखिएको छ। करिब एक साताअघि मात्रै ईवाई इन्डिया पावर एन्ड युटिलिटिज इन्डस्ट्री नामक कन्सल्ट्यान्ट कम्पनीका प्रतिनिधिले प्राधिकरणका अधिकारीहरुलाई स्मार्ट मिटर प्रयोग र यसका फाइदा बेफाइदाबारे प्रस्तुतिकरण दिएका थिए।‘स्मार्ट मिटर प्रयोगबारे प्राधिकरण हाल अध्ययनको चरणमा छ,’ प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतको प्राविधिक सेवा विभागका निर्देशक ब्रजभूषण चौधरीले भने, ‘चिनियाँ, भारतीयलगायत विभिन्न विदेशी कम्पनीहरुले प्राधिकरणलाई स्मार्ट मिटर प्रयोगबारे पेपर प्रेजेन्टेशन गरिरहेका छन्, कहिलेबाट प्रयोगमा ल्याउने भन्ने निर्णय भइसकेको छैन।’

    स्मार्ट मिटरको प्रयोगबारे जानकारी गराइदिने अन्तर्राष्ट्रिय कन्सल्ट्यान्ट तथा उत्पादक कम्पनीहरुको प्रस्तावलाई स्वीकार गर्दै प्राधिकरणका अधिकारीहरुले स्मार्ट मिटरबारे हाल जानकारी लिने काम गरिरहेका छन्। चिनियाँ र भारतीय गरी ३ ओटा कम्पनीहरुले स्मार्ट मिटर प्रयोगबारे हालसम्म प्राधिकरणलाई प्रस्तुतिकरण दिइसकेको प्राधिकरणको काठमाडौं क्षेत्रीय कार्यालयका निर्देशक दीर्घायु श्रेष्ठले बताए। विद्युत् वितरण र महसुल असुलीलाई स्वचालन प्रणालीमा लान देशभर रहेका महसुल भुक्तानी केन्द्रहरु मध्ये १ सय ५ ओटा केन्द्रमा प्राधिकरणले हाते प्रणालीलाई विस्थापन गरी कम्प्युटर संयन्त्रबाटै महसुलको विल जारी गर्ने ‘एम पावर विलङ’ प्रणाली लागू गरिसकेको छ। ई–सेवा, एसएमएसबाट विल भुक्तानीजस्ता सेवा लागू गर्ने तयारी गरिरहेको प्राधिकरणले अब विद्युत् वितरण र भुक्तानी दुबैलाई स्वचालनमा लान सकिने गरी स्मार्ट मिटर प्रयोगमा ल्याउने सोच अघि सारेको हो।

    स्मार्ट मिटर प्रयोगमा ल्याउन सके महशुल भुक्तानीका लागि उपभोक्ताले लाम लाग्नु पर्ने हालको समस्यासमेत सुल्झिएर जाने देखिन्छ। महसुल बक्यौता रहने हालको समस्यालार्इ समेत यस मिटरको प्रणालीले कम गर्न सक्छ। तर, स्मार्ट मिटर खरिद गर्न केही महँगो मूल्य भने तिर्नु पर्ने देखिएको छ।‘हाल प्रयोगमा रहेको इलेक्ट्रो मेकानिकल मिटर करिब १५ सय रुपैयाँ तिरेर उपभोक्ताले प्राप्त गर्दै आएका छन्,’ निर्देशक चौधरीले भने, ‘एक थान स्मार्ट मिटर खरिद गर्न करिब १२ देखि १५ हजार रुपैयाँसम्म लाग्न सक्छ।’ महँगो हुँदाहुँदै पनि स्मार्ट मिटर प्रयोगमा ल्याउन असंभव भने नरहेको उनी बताउँछन्।

    प्रयोगमा रहेको मिटरलाई विस्थापन गर्दा लाग्ने लागतभार उपभोक्तालाई नपार्ने हो भने त्यस्तो मिटर प्रयोगमा ल्याउन सकिने निर्देशक श्रेष्ठ बताउँछन्। स्मार्ट मिटरको प्रयोगले विद्युत् वितरण तथा भुक्तानी कार्य सञ्चालन खर्च कटौति हुने भएकोले उत्पादक कम्पनी तथा सरकारकै सहुलियत तथा अनुदानमा उपभोक्तालाई भार नपर्ने गरी स्मार्ट मिटर प्रयोगमा ल्याउन सकिने देखिन्छ।यसका लागि प्राधिकरणले परीक्षण योजनाका रुपमा कुनै एक क्षेत्रमा लागू गरी त्यसको सफलताका आधारमा देशभर विस्तार गर्न सक्ने देखिएको छ।

    के हो स्मार्ट मिटर ?

    स्मार्ट मिटर विद्युत् र ग्यास खपत परिमाणलाई मापन गर्न विकास गरिएको पछिल्लो नयाँ संस्करणको मिटर हो। दशकौंअघि विकास गरिएका इलेक्ट्रो मेकानिकल मिटरलाई विस्थापन गर्नसक्ने गरी स्मार्ट मिटरहरु विकास गरिएका हुन्। स्मार्ट मिटर एक यस्तो किसिमको विद्युत् मिटर हो, जसले विद्युत् आपूर्तिकर्तालाई विद्युत् खपत मापन गरी डिजिटल रुपमा आपूर्तिकर्ताकै कम्प्युटरमा खपत भएको विद्युत् युनिटबारे जानकारी प्रदान गर्दछ।

    स्मार्ट मिटर प्रयोगका लागि निकै भरपर्दो र सुरक्षित राष्ट्रिय सूचना सञ्जाल,सर्भर आवश्यक हुन्छ, जसले स्वचालित रुपमा उपभोक्ताले खपत गरेको विद्युत्बारे आपूर्तिकर्तालाई र उपभोक्ता दुबैलाई जानकारी पठाउँछ। यसले गर्दा उपभोक्तालाई आफ्नो विद्युत् युनिटबारे थाहा पाउन, विल भुक्तानी गर्न सजिलो हुन्छ। र, मिटर रिडरले उपभोक्ताको घरसम्म धाउनु पर्ने झण्झट नै हट्छ।

    हाल नेपालमा प्रयोगमा रहेको इलेक्ट्रो मेकानिकल मिटरको तुलनामा ज्यादा खपत भएको विद्युत् परिणमाण,युनिट,बारे ज्यादा तथ्यपरक जानकारी स्मार्ट मिटरले प्रदान गर्दछ। स्मार्ट मिटर मोनिटर डिस्प्लेसहित उपलब्ध हुने भएकोले उपभोक्ताले आफूले खपत गरेको विद्युत् र तिर्नुपर्ने महशुलबारे राम्ररी बुझ्न सक्छन्। विश्वका विकसित देशहरुले हाल इलेक्ट्रो मेकानिकल मिटरलाई पूर्ण रुपमा विस्थापित गर्ने योजना नै चलाएका छन्।

    स्मार्ट मिटरलाई पनि प्रिपेड र पोष्टपेड प्रणालीअनुसार सञ्चालन गर्न सकिन्छ। केही चिनियाँ कम्पनीहरुले किप्याड प्रिपेड स्मार्ट मिटर उत्पादन गरिहेका छन्। जस अन्तर्गत अग्रीम रक भुक्तानी गरी विद्युत् उपभोग गर्न सकिन्छ। भने केही विद्युत् खपत गरिसकेर महसुल भुक्तानी गर्ने गरी विद्युत् उपभोग गर्न सकिने दुबै खाले प्रणाली प्रचलनमा रहेका छन्।


    Facebook Comment


    No ads found for this position