सोमबारदेखि एघारौँ चितवन महोत्सव

काठमाडौँ, २० पुस । स्वदेशी उत्पादन प्रवद्र्धन तथा लगानीका अवसर सृजना गर्ने उद्देश्यले आगामी सोमबारदेखि प्रदर्शनी मैदान नारायणगढमा ११औँ चितवन महोत्सव आयोजना हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको अगुवाइमा चितवन उद्योग वाणिज्य सङ्घ, जिल्ला विकास समिति चितवन र चितवन उपमहानगरपालिको आयोजनामा हुने सो महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महोत्सव आयोजक मूल समितिका संयोजक राजन गौतमले मेलामा ४७५ प्रदर्शनीकक्ष रहने र रु २० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको बताउनुभयो ।

माघ ५ गतेसम्म सञ्चालन हुने महोत्सवमा मह, दूध र दुग्धजन्य, अण्डा, केरा, च्याउ, प्लाष्टिक उत्पादनका नमुना उद्योगका साथै खेलकुद, जलयात्रा, खाना महोत्सव, कृषिउपजको प्रतियोगितात्मक प्रदर्शनी हुनेछ ।


Facebook Comment


No ads found for this position