निगमको जहाजलाई कोरियामा उडान अनुमति

२१ पुस, काठमाडौं । नेपाल वायु सेवा निगमले पहिलो पटक दक्षिण कोरियामा सिधा उडान भर्ने भएको छ। कोरियाको राजधानी सोलस्थित इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलले प्रत्येक आइतबार र बुधबार उडान-अवतरण गर्न पाउने गरी निगमलाई  स्लट उपलब्ध गराएको हो।

हालसम्म कुनै पनि नेपाली वायुसेवा कम्पनीले कोरियाका लागि उडान गरेका छैनन्।‘इन्चेन विमानस्थलमा हामीलाई साताको दुई दिन उडान गर्ने गरी समय तालिकासहितको स्लट उपलब्ध गराएको छ,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ताले भने,‘ हामी २०७४ असोज १५ देखि कात्तिक १५ भित्र कोरिया उडान भर्छौ।’


Facebook Comment


No ads found for this position