२०१७ मा नेपालमा चिनियाँ पर्यटक बढ्ने

२१ पुस, काठमाडौं । सन् २०१७ मा नेपालमा चिनियाँ पर्यटक बढ्नेमा आफू आशावादी रहेको चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले बताएका छन्। चिनियाँ राष्ट्रिय पर्यटन प्रशासनका अन्तर्राष्ट्रिय विभागका महानिर्देशक झाङ लिझोङसँगको भेटमा उनले चीनले सन् २०१७ का लागि घोषणा गरेको नेपाल पर्यटन प्रबद्र्धन कार्यक्रम भूकम्पपछि नेपालको पर्यटनलाई ब्युँताउन महत्वपूर्ण हुने पनि बताए।दूतावासद्वारी जारी विज्ञप्तिका अनुसार असुविधाजनक उडान तालिका र महंगो भाडाका कारण सन् २०१४ को तुलनामा सन् २०१६ मा नेपालमा चिनियाँ पर्यटक कम भित्रिएको राजदूत पौडेलको भनाइ थियो।

उनले नेपालमा पर्यटक बढाउने पहलस्वरुप ट्राभल एजेन्सी, मिडिया, विज्ञापन एजेन्सी तथा हवाई कम्पनीसँग आफूले कुराकानी गरेको जानकारी पनि गराए।

सो भेटमा महानिर्देशक लिझोङले नेपाल जाने पर्यटकलाई कुनै पनि ‘ट्राभल एड्भाइजरी’ जारी नगरिएको स्पष्ट पारे।


Facebook Comment


No ads found for this position