Uk Casino Site: This is a great way to obtain new clients as well as encourage gambling activity on the new bet website.
  • Free Casino No Deposit 2025 Uk - SlottyWay is aiming to make their way in the casino world and already they are on the road to success with an awesome collection of games that tops over 3500 titles.
  • River Belle Casino Ireland: The main difference is the flexibility you have on offer online.
  • Get chips zynga poker

    123 Casinos Free Spins
    They also use famous eWallets like PayPal, Skrill, and Neteller.
    Gambling Figures Uk
    What is the welcome offer at Lanadas Casino, and how much will I get.
    This mobile offering is well-built and you can access most features that are available through the desktop offering.

    Free great blue slot

    Trustly Payment Casino
    It takes 30 gold coins to unlock upgrade number one, 60 gold coins for upgrade number two and 90 gold coins for the final upgrade to the wild.
    Uk California Online No Deposits Casinos
    Some of the best slot games to try at the casino include Origins of Lilith, Hallow Reels, Magic Dragon, and more.
    Best Money Making Casino Games

    नयाँ पदमार्ग ‘धौलागिरि सेन्चुरी’

    काठमाडाँै, २१ पुस । म्याग्दीको बेनीदेखि आठ हजार १७२ मिटर अग्लो धौलागिरि हिमालको दक्षिणी आधार शिविरसम्म पुग्ने नयाँ पदमार्ग ‘धौलागिरि सेन्चुरी पदमार्ग’ सञ्चालनमा आएको छ ।

    बेनीदेखि झिँ, पाखापानी, रायखोर, घ्याँसीखर्क, छरी, फेदी सहश्रभिर, ओडार क्याम्प हुँदै धौलागिरि आधार शिविर पुगेपछि चिमखोला, दर्मीजा, दग्नाम हुँदै गलेश्वर फर्कने यो पदमार्ग सात दिनमा पार गर्न सकिन्छ ।

    म्याग्दी उद्योग वाणिज्य सङ्घको पहलमा २०७२ फागुन÷चैतमा विज्ञ र प्राविधिकसहितको टोलीले सिकारी, गोठाला र यार्सागुम्बा टिप्न जानेले हिँड्ने गोरेटो बाटो पछ्याउँदै सो पदमार्ग पहिचान गरेको थियो । विश्वकै छोटो पदमार्गका रुपमा दाबी गरिएको यो मार्ग तीन दिनमा चार हजार मिटरमाथि गन्तव्यमा पुग्न सकिन्छ । कुनै राजमार्गसँग नजोडिएकाले यसलाई ‘भर्जिन’ पदमार्गका रुपमा लिइएको छ ।
    म्याग्दी उद्योग वाणिज्य सङ्घले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले नक्सा सार्वजनिक गरेर उक्त पदमार्ग सञ्चालन भएको घोषणा गर्नुभयो ।

    सो अवसरमा उपाध्यक्ष श्रेष्ठले धौलागिरि पदमार्ग देशकै नमुना भएकाले यसलाई मुलुकको आर्थिक समृद्धिसँग जोडेर अघि बढाइनुपर्ने बताउँदै मुलुकको पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय पूर्वाधार विकासमा जोड दिनुपर्ने र यसका लागि सबै पक्ष जिम्मेवारीताका साथ लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    सांसद नवराज शर्मा र नरदेवी पुनले ओझेलमा परेको पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमा जोड दिनुपर्ने बताउनुभयो ।

    नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले धौलागिरि पदयात्रा पर्यटन क्षेत्रको उत्कृष्ट ‘प्रोडक्ट’ भएकाले यसको प्रवद्र्धनका लागि बोर्डले विशेष प्राथमिकता दिइने छ भन्नुभयो ।
    ट्रेकिङ एजेन्जिस एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्र रिजालले सडकका कारण पुराना पदमार्ग विस्थापित भएको अवस्थामा नयाँ रुटको खोजीसँगै त्यसको प्रवद्र्धन र पूर्वाधार निर्माणमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    सङ्घ, नेपाल पर्यटन बोर्ड, जिविस, टान, गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोभ), प्रवासी नेपाली म्याग्देली सङ्घ (मोना)को सहयोगमा हिमालयन म्याप हाउसले पदमार्गको नक्सा तयार पारेको हो ।

    पदमार्ग प्रवद्र्धनका लागि म्याग्दी उद्योग वाणिज्य सङ्घले पर्यटन बोर्डमा तस्बिर प्रर्दशनीको समेत आयोजना गरेको छ । तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा पवन शाक्य र अमृत भादगाउँलेले धौलागिरि सेञ्चुरी पदमार्ग परिसरमा खिच्नुभएका ६० वटा तस्बिर रहेका छन् ।

    पदमार्गमा के छ ?
    बेनीदेखि तीन दिनमा धौलागिरि आधार शिविर पुग्न सकिने धौलागिरि सेञ्चुरी पदमार्ग साहसिक पदयात्रामा रुचाउने पर्यटकका लागि उपयोगी गन्तव्य मानिन्छ । माथितिर आकर्षक हिमाल, स्थानीय सांस्कृतिक रहनसहन र जैविक उत्पादनले आन्तरिक तथा विदेशी पर्यटक लोभिने छन् ।

    धौलागिरि आधार शिविर पुग्ने सबैभन्दा छोटो यस पदमार्गमा प्राकृतिक सौन्दर्य र मगर तथा छन्त्याल समुदायको संस्कृति हेर्न सकिन्छ । म्याग्दीको समृद्धिसँग जोडेर पदमार्गको विकास प्रवद्र्धन गरिने म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवनबहादुर विश्वकर्माले बताउनुभयो ।
    सूर्योदय र हिमशृङ्खलाको अवलोकन गर्न सकिने टोड्के, धार्मिकस्थल, जगन्नाथ, पछै, रिखारलगायत स्थल समेटिएको यस पदमार्गमा जङ्गली जनावर, पन्छी, गँुरासे जङ्गल र झरना हेर्न पनि सकिन्छ । अल्पसङ्ख्यक छन्त्याल समुदायको बसोबास रहेको कुइनेमङ्गले गाविससमेत समेटिएको यस पदमार्गमा पर्ने चिमखोला, दग्नाम, झिँ र पाखापानमा मगर समुदायको बाहुल्य छ ।

    मगर र छन्त्याल समुदायले पुख्यौली, थाली नाच, सोरठी, यानीमाया गीत प्रस्तुत गरेर पाहुनाको स्वागत गर्छन् । भिरपहरामा गरिने जोखिमपूर्ण तरिकाले गरिने महसिकार अवलोकन गर्न सकिने यस पदमार्गको दर्मीजा गाउँमा प्राकृतिक तातोपानी कुण्ड रहेको छ ।
    पदमार्गको अन्तिम गन्तव्य चार हजार मिटरको उचाइमा रहेको धौलागिरिको दक्षिणी आधार शिविरमा पुगेपछि नजिकबाट हिमशृङ्खलाको दृश्य अवलोकन गर्न सकिन्छ । यो पदमार्ग सञ्चालनसँगै ओझेलमा परेको रघुगङ्गा क्षेत्रको पर्यटन विकासमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

    पदमार्गको प्रचारप्रसारसँगै व्यवस्थित पदमार्ग, घरवास र होटल तथा लज सञ्चालनका लागि पहल गरिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्यले बताउनुभयो । पदमार्गमा पूर्वाधार निर्माण गर्न पर्यटन बोर्ड र टानले यस वर्ष रु ३४ लाख बजेट विनियोजन गरेका छन् ।

    विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएका म्याग्दीमा यसअघि धौलागिरि चक्रीय पदमार्ग, गुरिल्ला, अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग चालु अवस्थामा छन् । म्याग्दीको भगवती हुँदै मुस्ताङको लेते जोडिने धौलागिरि आइसफल र मुदी गुर्जा हुँदै डोल्पा जोडिने गुर्जा हिमाल ट्रेल सञ्चालनका लागि पूर्वाधार निर्माणको काम भइरहेको छ ।

    प्राकृतिक तातोपानी कुण्ड, घोडेपानी, पुनहिल, रुप्से झरना, अन्धगल्छी, धौलागिरि, अन्नपूर्ण हिमाल, ढोरपाटन सिकार आरक्षलगायत पर्यटकीयस्थल रहेको म्याग्दीमा वार्षिक तीस हजारभन्दा बढी तेस्रो मुलकका पर्यटक भ्रमणमा आउने गर्छन् ।


    Facebook Comment


    No ads found for this position