‘हस्तकलाको जिल्ला’ घोषणा हुन सकेन

ललितपुर, २१ पुस । निजी क्षेत्रले लामो समयदेखि प्रयास गर्दासमेत ललितपुर ‘हस्तकलाको जिल्ला’ घोषणा हुन सकेको छैन ।

तीन वर्षदेखि हस्तकलाको जिल्ला घोषणा गर्न माग गर्दैआएको ललितपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रवीन्द्र ताम्राकारले बताउनुभयो । एक जिल्ला एक उत्पादनअन्तर्गत सो माग गरिएको उहाँको भनाइ छ ।

“उद्योग मन्त्रालय यसमा सकारात्मक भए पनि बजेट निकासा गरेको छैन,” उहाँले भन्नुभयो । हस्तकलाको जिल्ला घोषणा हुँदा औद्योगिक क्षेत्र मात्रै नभएर सिङ्गो जिल्लाको विकासमा सहयोग पुग्ने ताम्राकारको भनाइ छ ।

हस्तकलामा धेरै नागरिक संलग्न भए पनि यसको व्यवसायीकरण हुन सकेको छैन । उहाँ भन्नुहुन्छ – “हस्तकलामा संलग्न धेरै व्यवसायीभन्दा पनि कामदार मात्रै भएका छन् ।” हस्तकलाको जिल्ला बनाउन सकिएमा कालीगढले आफैँ फाइदा लिन सक्ने ताम्राकारको भनाइ छ ।

जिल्लामा हस्तकला परम्परागत पेसाका रुपमा रहेको छ । यहाँका धेरै व्यवसायीले पुख्र्यौली पेसालाई निरन्तरता दिइरहेका छन् । नगरका भित्री भाग र अन्य टोल टोलमा धातुकला, काष्ठकलालगायत काम हुने गरेको छ । नेपाल हस्तकला महासङ्घले हस्तकलालाई ४२ प्रकारमा विभाजन गरेको छ । तीमध्ये अधिकांश प्रकारका हस्तकला ललितपुरमा पाइन्छन ।


Facebook Comment


No ads found for this position