सीएनएनको उत्कृष्ट नेपाली पाँच रिसोर्टहरु

पोखरा, २२ पुस रअमेरिकी न्यूज पोर्टल सीएनएनले नेपालका पाँचवटा बुटिक होटलको सूचि सार्वजनीक गरेको छ । सुचिमा पोखराको बाराही ग्रुपद्धारा चितवनको मेघौलीमा सञ्चालीत बराही जंगल लज पनि परेको छ भने पोखराको २४ कृस्तीस्थित पेभेलियन हिमालय होटल परेको छ । त्यसै गरि काठमाण्डौको द्वारिका होटल, भक्तपुरको हेरिटेज होटल र पाटनको स्वथा ट्रेडिसनल होम परेका छन् ।

भूकम्पपछि नेपालका पुरातात्विक सम्पदाहरुमा क्षति पुगेको र पर्यटन उद्योग पनि थला परेको अबस्थामा मौलिक आर्किटेक्ट सहित निर्माण गरिएका यी बुटिक होटलले पर्यटन प्रर्बद्धनमा ठूलो भूमिका खेल्ने उल्लेख गरिएको छ । बाराही जंगल रिर्सोट चितवनमा स्थापित लक्जरी रिसोर्टमध्ये एक हो ।

चितवन राष्ट्रिय निकुञ्जको छेवैमा रहेका कारण बाराहीबाटै गैंडा, मृग, गोही लगायतका बन्यजन्तु आँखै अगाडी देख्न सकिन्छ । बाराही रिसोर्ट २० बिगाहा क्षेत्रफलमा फैलिएको छ जहाँ ३४ वटा डिलक्स रुम छन् भने एउटा विलासी सुइट छ । त्यसबाहेक ९ बिगाहामा रिसोर्टले अर्गानिक खेती गरेको छ ।

ग्रिन होटलको थिममा संचालित बाराहीमा पाहुनाहरुले रिसोर्टभित्र फलेको अर्गानिक तरकारी र सलाद खान पाउँछन् । बाराही पुग्ने पाहुनाले राप्ती नदीमा डुंगा यात्रा गर्न पाउँछन् हात्तिबाट जंगल सफारी मुख्य बिशेषता हुन् । रिसोर्टमा दुईवटा स्वीमिङ पुल, स्पा, र मसाजको पनि सुबिधा छन् । हरेक कोठाको कौसीबाट आँखै अगाडी राप्ती नदी र चितवन राष्ट्रिय निकुञ्ज देख्न सकिन्छ ।

सुरुमा पोखरामा होटल बाराही संचालन गरेको बाराही समूहले करिव डेढ बर्षअघि मेघौलीमा बाराही जंगल लजका नाममा डिलक्स रिसोर्ट सुरु गरेको थियो ।गन्थन डटकम


Facebook Comment


No ads found for this position