अन्डा उत्पादनमा वृद्धि

रुपन्देही (तिलोत्तमा), २२ पुस । जिल्लामा अन्डा उत्पादनमा वृद्धि भएको छ । जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक डा प्रदीप पौडेलका अनुसार आव २०७१÷७२ मा जिल्लामा ५८ लाख ५९ हजार अन्डा उत्पादन भएकामा आव २०७२÷७३ मा ९१ लाख २० हजार अन्डा उत्पादन भएको थियो । चालु आवमा एक करोड ८० लाख अन्डा उत्पादन गर्ने लक्ष्य रहेको पौडेलले बताउनुभयो ।

लुम्बिनी अन्डा उत्पादक सङ्घका अध्यक्ष आनन्द भट्टराईले पछिल्लो समय दानाको मूल्य घटेका कारण अन्डा उत्पादनमा वृद्धि भएको बताउनुभयो । जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा विनय कर्ण अन्डा, मासु र दूधमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गर्दैआएको बताउनुहुन्छ ।

जिल्लामा कुखुरापालन व्यवसाय फस्टाउँदै गर्दा अन्डाका लागि लेयर्स जातका कुखुरा पाल्ने क्रम समेत बढेको छ । बिक्रीको लागि यहाँ बजारको समस्या छैन् । हालसम्म जिल्लामा करिब ५०० कुखुरा फर्म दर्ता छन् ।


Facebook Comment


No ads found for this position