नयाँ स्मार्टफोन किन्नुभयो ? सुरुमै गर्नुस् यी काम

नयाँ स्मार्टफोन खरीद गरिसकेपछि त्यसलाई चलाइहाल्न हतार हुन्छ । हतार हतार सिमकार्ड हालेर स्मार्टफोन खेलाइहालिन्छ । तर स्मार्टफोनको सुरक्षाका लागि भने नयाँ स्मार्टफोन खरीद गरिसकेपछि केही काम अवश्य गर्नुपर्दछ । स्मार्टफोन किनिसकेपछि सुरुमै गर्नुपर्ने काम यी हुन्ःडिस्प्लेको सुरक्षाः महंगो मोबाइलको पनि डिस्प्ले कमजोर नै हुन्छ र जोडसँग खस्दा वा थिचिँदा टुट्ने जोखिम हुन्छ । त्यसैले स्मार्टफोनको सुरक्षाका लागि डिस्प्लेमा राम्रो गुणस्तरको टेम्पर्ड ग्लास लगाउनुपर्छ । सामान्य स्क्रिन गार्डले फोनको स्किनलाई केवल स्क्रेच हुनबाट मात्र बचाउँदछ तर फोन खस्दा त्यसको डिस्प्ले टुट्नबाट जोगाउन टेम्पर्ड ग्लास नै लगाउनुपर्छ ।

ब्याक कभरको प्रयोगः मोबाइलको सुरक्षालाई लिएर कहिल्यै सम्झौता नगर्नुस् । स्मार्टफोनको बडीमा स्क्रेच, तथा दाग र कुनै टुटफुट हुनबाट बचाउन राम्रो गुणस्तरको ब्याक कभर लगाउनुहोस् । ब्याक कभरसँगै फि्लप कभर पनि प्रयोग गर्न सक्नुहुन्छ, इच्छा अनुसार ।

App Lock को प्रयोगः कसैले आफ्नो निजी मेसेज, फोटो तथा अन्य डाटा हेरोस् भन्ने कसले पो चाहन्छ र ? त्यसैले आफ्नो स्मार्टफोनमा एप लक राख्नुहोस् । एन्ड्रोइड फोनका लागि प्ले स्टोरबाट निशुल्क रुपमा App Lock डाउनलोड गर्न सकिन्छ । यो एपका मद्दतबाट स्मार्टफोनमा रहेका जुनसुकै एप लक गर्न सक्नुहुन्छ र अरुले ती एपभित्रका चिज हेर्न पाउने छैनन् ।

एन्ड्रोइड डिभाइस म्यानेजरः स्मार्टफोन चोरी हुँदा वा हराउँदा निकै हैरानी हुन्छ । उक्त समस्याबाट जोगिनका लागि आफ्नो एन्ड्रोइड स्मार्टफोनमा एन्ड्रोइड डिभाइस म्यानेजार एक्टिभेट गर्नुहोस् । यसले तपाइँको स्मार्टफोनको लोकेशन पत्ता लगाउँछ । यसका लागि Google Settings मा जानुहोस् त्यहाँ स्क्रोल डाउन गर्दा Security Optionदेखा पर्दछ । त्यसमा ट्याप गर्नुहोस् र Android Device Manager मा जानुहोस् । Remotely Locate this device नामक अप्सनमा क्लिन गर्नुहोस् । त्यस्तै Location को सेटिंगमा गएर
Access to my location लाइ पनि अन गर्नुहोस् । यसका साथै फोनमा आफ्नो गुगल अकाउन्ट साइन इन गर्न नभुल्नुहोस् ।

एन्टी मालवेयर सफ्टवेयरः आफ्नो स्मार्टफोनको स्त्रिmनको सुरक्षाका साथै उसको डाटा पनि सुरक्षित राख्नु आवश्यक हुन्छ । नयाँ फोन किनिसकेपछि सबैभन्दा पहिले त्यसमा एन्टी भाइरस तथा डाटा सेक्योरिटी सफ्टवेयर इन्स्टल गर्नुहोस् जसबाट मोबाइलको महत्वपूर्ण डाटा तथा अन्य सफ्टवेयरबाट सुरक्षा सुनिश्चित गर्न सकियोस् ।


Facebook Comment


No ads found for this position