चीनमा यस्तो ट्राफिक जाम, जहाँ फसे ७५ करोड मानिस (भिडियो)

बेइजिङ: विश्वकै धेरै जनसङ्ख्या भएको मुलुक चीनमा नेपालमा जस्तै ट्राफिक जामको चर्को समस्या रहेको छ ।

चीनको राजधानी बेइजिङको ३५ लेनको राजमार्गमा पनि पटक पटक जाम हुँदा त्यहाँ करोडौँ मानिस फस्ने गरेका छन् ।

यस्तै एउटा जाम केही दिनअघि चीनको राजधानी बेइजिङस्थित ३५ लनेको राजमार्गमा भयो, जहाँ एकसाथ ७५ करोड मानिस फस्न पुगे ।

३५ लेनको यो सडकमा मानिसहरु नयाँ वर्ष सन् २०१७ को खुसियाली मनाएर सहरबाट घर फर्किने क्रममा महाजाममा परेका हुन् ।

स्थानीय सुरक्षाकर्मी र ट्राफिकले नयाँ वर्षमा अपराधिक घटना तथा ट्राफिक नियम उलङ्घन हुन नदिन सडकमा चेकप्वाइन्ट राखेपछि जाम ‘महाजाम’ मा परिणत भएको थियो ।

सुरक्षा चेकजाँचका क्रममा सडकमा सवारी रोकिन पुग्दा आँखाले नभ्याउनेसम्म लामो जाम लागेको थियो । चिनियाँ सञ्चारमाध्यमका अनसार यो जाममा कम्तिमा पनि ७५ करोड मानिसहरु सडकमै फस्न पुगेका थिए ।


Facebook Comment


No ads found for this position