प्रधानमन्त्रीले ८ बर्षपछि तिरे खानेपानीको बिल

२४ पुस, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आठ बर्षपछि खानेपानीको बक्यौता चुक्ता गरेका छन् । लामो समयदेखि महशुल नबुझाएकोमा आलोचना खेलेका दाहालले बक्यौता चुक्ता गरेका हुन् ।

उनले बक्यौता र जरिवानाबापत ११ लाख रुपैयाँ बुझाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका महाप्रवन्धक महेश भट्टराईलाई उदृत गर्को छ ।

प्रचण्ड आठ बर्षअघि पहिलो पटक प्रधानमन्त्री हुँदा केयुकेएलको ट्यांकर शाखाबाट लिएको खानेपानीको महशुल तिर्न बाँकी थियो । केयुकेएलले बक्यौता चुक्ता गर्न पटक पटक ताकेता गरेपनि प्रचण्डले टेरेका थिएनन् ।

ट्यांकर शाखाबाट मुलुकका प्रमुख संघसंस्था र व्यक्तिले मगाएर उपभोग गरेपनि बर्षौंदेखि शुल्क भुक्तानी गरेका छैनन् ।


Facebook Comment


No ads found for this position