२०१६ सबैभन्दा तातो बर्ष

२४ पुस, काठमाडौं । सन् २०१६ सबैभन्दा तातो बर्षको रुपमा देखिएको छ ।

garmiपहिलो पटक विश्वको तापक्रमको बिश्लेषण गरेको कोपेर्निसस् क्लाइमेट चेञ्ज सर्भिसले २०१६ को विश्वभरको तापक्रम बृद्धिको बिश्लेषण गरेको हो ।

उसले पृथ्वीको सबैभन्दा बढी तापक्रम बढेको महिनाको रुपमा २०१६ को फेब्रुअरीलाई लिएको छ । संस्थाका अनुसार सन् १८८० देखि सन् २०१६ सम्ममा पृथ्वीको तापक्रम १.५ डिग्रीले बढेको छ ।

संस्थाको प्रतिवेदनमा जनाइए अनुसार नेपालको तापक्रम पनि २०१५ मा भन्दा १६ मा ०.२ डिग्रीले बढेको छ । जल तथा मौसम बिज्ञान बिभागको तथ्यांकलाई आधार मानेर यो बिश्लेषण गरिएको  छ ।


Facebook Comment


No ads found for this position